२०७९ श्रावण २८ शनिबार

ब्रेकिङ – घिसिङ विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त, आजै पदबहाली !

काठमाडौ : नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा सोमबार नियुक्त भएका कुलमान घिसिङको आज अपरान्ह पदबहाली हुने भएको छ ।

उनी अपरान्ह पदबहालीका लागि तयारी अवस्थामा रहेको बुझिएको छ । मन्त्रिपरिषद्को बैठकले घिसिङलाई प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो ।

प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यलाई जल शक्ति आयोगमा लगिएको बुझिएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो निर्देशनमा घिसिङले नियुक्त पाएका हुन् ।

उनी यसअघि पनि प्राधिकरणको प्रबन्धक निर्देशक थिए । तर, केपी शर्मा ओली नेतृत्वको सरकारले उनको समयावधि थप्न मानेन ।

घिसिङलाई प्राधिकरणमा ल्याउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि इच्छा देखाएका थिए । घिसिङ प्राधिकरणमा सफल कार्यकाल पूरा गरी गएका थिए । उनी निकै लोकप्रीय छन् ।

२०७८ श्रावण २६, मंगलवार १५:२७ गते 0 Minutes 656 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।