२०७९ असार १४ मंगलवार

दु:खद खबर ! मलेसियामै अस्ताए सिन्धुलीका टंक ! उन्नाइस दिन पछी गरियो उतै अन्तिम सस्कार ।

दिनेश खड्का खप्तडि/क्वालालम्पुर / २६ श्रावन २०७८, मंगलवार / को’रोना सक्र’मणको कारण मलेसियामा मृ’त्यु भएका सिन्धुली फिक्कल गाउँपालिका वडा न ६ का टंक राउतको मलेसियामै अत्यष्ठि गरिएको छ ।

मलेसियामा सेक्यु’रिटि गार्डको रुपमा रहेको अवस्थामा टंकमा कोरो’ना सक्र’मित भएका थिए । मलेसियाको काजाङ अस्पतालमा उपचा’रक्रकै क्रममा जुलाई २१ तारिखका दिन उनको मृ’त्यु भएको थियो ।

टंक मलेसियामा करीव सात वर्ष देखि कार्यरत रहेका थिए । श’वलाई सोमवार अगष्ट ९ तारिखमा काजाङमा रहेको श’वगृ’हमा अन्त्ये’ष्ठि गरिएको छ । टंकको परिवारमा दुई छोरा र एक छोरी रहेका छन । राष्ट्र डेली बाट

थप समाचार,
बाढी–पहि’रोका कारण बिच्छेद भएका सडकसञ्जालको तत्काल मर्मत गर्न प्रधानमन्त्री देउवाको निर्देशन ।

काठमाडौं : प्रधानमन्त्री शेर बहादुर देउवाले बाढी र पहि’रोका कारण बि’च्छेद भएका सडकसञ्जालको तत्काल मर्मत गरि सहज आवतजावतको व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।
सिंहदरबारमा मंगलबार बसेको बिपद् जोखिम न्यूनी’करण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को सातौ बैठकमा प्रधानमन्त्री

देउवाले बाढीका कारण पुलहरु बगाएको र सर्वसाधारणको आवतजा’वतमा कठिनाइ भएको भन्दै ततकाल यान्त्रीक पुल बनाएर सहज रुपमा आवतजावतको व्यवस्था मिलाउन राष्ट्रिय विपद् जोखिम न्यूनिक’रण तथा व्यवस्थापन प्राधिक’रण निर्देशन दिएका छन् ।

त्यस्तै बाढी र पहिरोका कारण समस्यामा परेका सर्वसाधारणलाई आवास लगाएत खाधान्नको उचित प्रवन्ध गर्न पनि निर्देशन प्राप्त भएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए ।

उनले अझै मनसुनको समय बाँकी रहेको र आउन सक्ने थप जो’खिमलाई मध्यनजर गर्दै आवश्यक स्रोत साधन सहित चुस्त अवस्थामा रहने निर्णय भएको बताए । मनाङ, मेलम्ची लगाएतका स्थानमा तत्काल चारवटा यान्त्रीक पुल बनाउनका लागि नेपाली सेनासहितको टोली परिचालन गर्ने निर्णय

बैठकले गरेको उनले जानकारी दिनुभयो । गोरखा, मनाङ, बाजुरा लगाएतका स्थानमा तत्काल खाधान्न, त्रिपाल, औष’धिलगायतका सामग्री तत्काल लैजाने निर्णय पनि बैठकले गरेको छ । बैठकमा मनसुनयता प्राकृतिक प्रको’पबाट भएका क्ष’तिका बारेमा छलफल भएको उनले बताए ।

२०७८ श्रावण २६, मंगलवार २०:०० गते 1 Minute 963 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।