
दोहा : नेपाली श्रमिकको प्रमुख गन्तब्य रहेको कतारले को’रोना महामा’रीका कारण लगाएको प्रतिबन्ध क्रमशः हटाउँदै लगिरहेको छ। आजदेखि कोरोना नियन्त्रणका लागि लागू गरेको तेस्रो
चरणको प्रति’वन्ध थप खुकुलो बनाउने निर्णय गरिएको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अब सबै उमेर समूहका लागि मस्जिद खुला गरिने जनाएको छ । कोरो’नाबि’रुद्धको दुबै डोज खोप लगाएकाहरू ३५ जनासम्म भेला हुन् पाइनेछ ।
सम्पूर्ण सपिङ मलका चेन्जिङ रुमहरू खुला गर्न पाइनेछ भने २० प्रतिशतसम्म क्षमतामा खोप लगाएका ग्राहकहरुले रेस्टु’रेन्टमा बसेर खान पाउने छन् । जो’खिम मूल्याङ्कनको आधारमा ३० देखि ५० प्रतिशतसम्म क्षमतामा प्रदर्शनी, सम्मेलन र कार्यक्रम गर्न पाइने मन्त्रालयले जनाएको छ ।
पूर्ण खोप लगाएका ३५ जनासम्मले खेलकुद प्रशिक्षण गर्न पाउने छन्। कतारमा पछिल्लो २४ घण्टामा १८१ जनामा मात्र नयाँ सं’क्रमण भेटिएको छ । योसंगै कतारमा को’रोना सङ्क्र’मितको संख्या २ लाख २७ हजार ५५ पुगेको मन्त्रालयले जनाएको छ ।
यस अवधिमा ९९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसंगै को’रोनाबाट निको हुनेको सङ्ख्या २ लाख २४ हजार ३८४ पुगेको छ भने संक्र’मणबाट अहिलेसम्म ६०१ जनाको मृ’त्यु भएको छ ।
यो समाचार तयार पा’र्दासम्म कतारमा २ हजार ७० वटा ‘एक्टिभ’ केस रहेका छन् भने ६४ जना यहाँको विभिन्न अस्पतालमा उपचार गराईरहेका छन् । तीमध्ये २३ जनाको आईसी’यूमा उपचार भैरहेको छ ।
कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । अहिलेसम्म कोरो’नाबाट कतारमा २४ नेपाली श्रमिकले ज्या’न गुमा’ईसकेको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।