२०७९ श्रावण २८ शनिबार

कुलमान घिसिङलाई पुनः नियुक्त गरेको खुशियालीमा माइतीघरमा दीप प्रज्वलन ।

काठमान्डौ- कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशका दोस्रो पटक नियुक्त गरेको भन्दै माइतीघर मण्डलमा मंगलबार राति दीप प्रज्वलन गरिएको छ।

हाम्रो टिम नेपालकी सदस्य एवम् एकजना अभियन्ता सपना रोका मगरसहितले माइतीघर मण्डलमा दीप बालेका हुन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट कुलमानलाई फेरि प्राधिकरणमा नियुक्त गरेको । तर सरकारी अधिकारीहरुले यसबारेमा आधिकारिक केही बोलेका छैनन्।

वर्तमान कार्यकारी निर्देशक हितेन्द्रमान शाक्यलाई अर्को ठाउँमा जिम्मेवारी दिएर कुलमानलाई प्राधिकरणमा लगिएको बताइएको छ। आफ्नो पहिलो कार्यकालमा कुलमानले देशबाट लोडसेडिङ हटाएर प्राधिकरणलाई हरेक वर्ष ८ अर्ब बढी नाफा दिलाउन सफल भएका थिए।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले कुलमानलाई निरन्तरता दिन अस्वीकार गरेको थियो। तर शेरबहादुर देउवा नेतृत्वको सरकामा पम्फा भुसाल ऊर्जा मन्त्री भएसँगै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको इच्छा अनुसार कुलमान प्राधिकरणमा फर्किएका हुन्।

२०७८ श्रावण २६, मंगलवार २३:१८ गते 1 Minute 656 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।