
मुम्बई(एबीपी लाइभ) – मलयालम फिल्म र टेलिभिजनकी अभिनेत्री सरन्या शशीको सोमबार ति’रुवनंतपुरमको एक निजी अस्पतालमा नि’धन भएको छ ।
उनलाई को’रोना संक्रमण भएपछि शरीरमा विभिन्न स’मस्या देखिएको थियो । उनी ३५ वर्षकी थिइन् । परिवारका अनुसार उनी कैयौं वर्षदेखि ब्रेन ट्यु’मरबाट पी’डित थिइन् ।
ब्रेन ट्यु’मर भएपछि उनको कैयौं पटक स’र्जरी गरिएको थियो ।सरन्यालाई गत मेमा को’रोना सं’क्रमण भएको थियो । त्यसपछि उनलाई अस्पताल भर्ना गरिउो ।
यद्यपि केही साता पछि उनको रिपोर्ट नेगे’टिभ आए पनि उनमा नि’मोनिया र श्वा’ससहित अन्य स’मस्या यथावत नै थियो । पछिल्लो केही साता उनको स्वास्थ्य अवस्था ग’म्भीर बनेको थियो ।सरन्यालाई सन् २०१२ मा ब्रे’न ट्यु’मर देखिएको थियो ।
ट्युमरपछि उनको करियरमा ओरालो लागे पनि आफ्नो मानसिक शक्ति बढाउनका लागि उनले क्या’न्सरबाट बाँ’चेका मानिसका लागि रोल मोडलका रुपमा काम गर्न थालिन् ।सरन्याले ‘छोटा मुम्बई’, ‘थलप्पावु’, ‘बम्बे १२ मार्च’लगायतका फिल्ममा अभिनय गरेकी छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।