२०७८ माघ १० सोमबार

कुलमान घिसिङ भन्नुहुन्छ – ११ महिनापछि म विद्युत् प्राधिकरणमा पुनः फर्किंदै छु ।

काठमाडौं : सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

२०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर विदा भएका घिसिङलाई सरकारले पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।घिसिङलाई कार्यकारी निर्देशक बनाउने सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको जानकारी ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई मन्त्रिपरिषदको कार्यालयले मंगलबार गराएको हो ।

योसँगै मन्त्रालयले बुधबार घिसिङलाई नियुक्ति पत्र दिने तयारी गरेको छ ।तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लोडसेडिङ हटाउन प्राधिकरणको नेतृत्वमा रहेर महत्वपुर्ण भूमिका खेलेका घिसिङलाई पुनर्नियुक्त गर्न मानेका थिएनन् । नया सरकार गठन भएसँगै प्रधानमन्त्री शेरबहादुर देउबा,

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जामन्त्री ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालबीच कुलमानलाई प्राधिकरणमा ल्याउने सहमति भएको थियो ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले गत साउन १९ गते प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक शाक्यलाई पदबाट राजीनामा दिएर सहयोग गर्न आग्रह गरेकी थिइन् ।
सरकारले उचित जिम्मेवारी दिने गरी निर्णय गर्ने भन्दै शाक्यलाई प्राधिकरणबाट भने विदा हुन आग्रह गरेकी थिइन् ।

घिसिङलाई कार्यकारी निर्देशक बनाएसँगै प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ठ श्रेणीको पद (सचिव) सरहको पूर्ण कालीन सदस्य पदमा पदस्थापन गर्ने निर्णय गरेको छ ।

सरकारले शाक्यले अहिले प्राधिकरणमा पाउँदै आएको तलब सुविधा नघट्ने गरी सो जिम्मेवारी दिने निर्णय गरेको हो । यसका लागि अर्थ मन्त्रालयले पनि सहमति दिएको बताइएको छ ।‘आज म पदबहाली गर्दैछु, ’घिसिङले भने, ‘११ महिनापछि म विद्युत् प्राधिकरणमा पुनः फर्किंदै छु।’

स्रोतका अनुसार शाक्यले प्राधिकरणबाट हिजै बिदा लिइसकेका छन् । यसअघिको कार्यकालमा घिसिङले नै लोडसेडिङ समस्या सधैंका लागि अन्त्य गरी घाटामा रहेको प्राधिकरणलाई नाफा गर्न सक्ने अवस्थामा पुर्याएका थिए । घिसिङको पुनःनियुक्तिपछि आम जनता खुसी भएका छन् । कतिपय स्थानमा खुसियालीमा दीपावलीसमेत गरिएको छ ।

२०७८ श्रावण २७, बुधबार १३:४१ गते 0 Minutes 728 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार