
काठमाडौ : नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले ठूलो चुनौती स्वीकार गर्दै आफू प्राधिकरणमा दोस्रो इनिङ सम्हाल्न आएको बताएका छन् ।
प्राधिकरणमा आयोजित स्वागत कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । दोस्रो इनिङ स्वीकार गरेर मैले ठूलो चुनौती स्वीकार गरेको छु, ‘यो मेरो जीवनकै सबभन्दा ठूलो चुनौती जस्तो लाग्छ ।’ उनले भने ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले आफूबाट ठुलो अपेक्षा राखेको उनले बताएका छन् ।बुधबार दिउँसो प्राधिकरणमा घिसिङले पदबहाली गरेका हुन्। बुधबार नै नियुक्ति पत्र बुझेलगत्तै घिसिङ विद्युत् प्राधिकरणको रत्नपार्कस्थित केन्द्रीय कार्यालय पुगेका थिए ।
उनलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले ४ वर्षका लागि नियुक्ति गरेको थियो ।प्राधिकरणका कार्यकारी निर्देशक रहनुभएका हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा कार्यादेशसहित विशिष्ठ श्रेणीको पूर्णकालीन सदस्यका रुपमा नियुक्त गरिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने र शाक्यलाई जल तथा ऊर्जा आयोगमा पठाउने निर्णय गरेको थियो ।विशिष्ठ श्रेणीको व्यक्तिका लागि आर्थिक दायित्व पर्ने भएकाले अर्थमन्त्रालयबाट स्वीकृति लिनुपर्ने भएकाले नियुक्तिका विषयमा सार्वजनिक गरिएको थिएन ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।