
कैलाली : जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने तागत आफूहरुसँग नभएको बताउनुभएको छ ।
महेन्द्रनगरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतोले प्रतिनिधिसभा पुनःस्थापन भएपछि प्रधानमन्त्रीले नैतिकताका आधारमा रा’जीनामा दिनुपर्ने बताउनुभयो । नैतिकताका आधारमा रा’जीनामा नदिएका ओलीलाई हटाउने तागत उहाँकै पार्टी नेकपासँग मात्रै रहेको छ, महतोले भन्नुभयो ।
आफ्नो पार्टी जसपा र नेपाली कांग्रेस मिल्दा समेत ओलीलाई हटाउन बहुमत नपुग्ने बताउदै उहाँले भन्नुभयो ‘कांग्रेस र जसपा मिलेर पनि केही हुनेवाला छैन, ओलीलाई हटाउने नेकपाले नै हो ।’
साथै उहाले नेकपाका दुवै समूहले जनतालाई झु’क्याइरहेको आ’रोपसमेत लगाउनुभयो । ‘नेकपाले मात्रै ओलीलाई हटाउन सक्छ, कि दलको नेताबाट हटाउन सक्नुप’र्यो नभए पार्टी फोरेर हटाउनुप’र्यो’, महतोले भन्नुभयो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।