२०७८ माघ ११ मंगलवार

बेलायतमा को’रोनाबाट पाँच महिनापछि सबैभन्दा धेरै मृ’त्यु !

लन्डन : को’रोना महामा’रीमा थप शक्तिशालीरुपमा देखापरेको ‘इन्डियन को’भिड भे”रिएन्ट’को सङ्क्र’मण बेलायतमा पछिल्ला केही हप्तामा ती’व्ररुपमा बढ्नथालेको छ ।

यहाँका अधिकारीले दिएको जानकारीअनुसार बेलायतमा पाँच महिनापछि सबैभन्दा धेरै नागरिकको को’भिडका कारण निध’न भएको बताइएको छ । यहाँ गएको २४ घन्टामा १४६ जनाको यो सङ्क्र’मणबाट नि’धन भएको छ ।

यो संख्या गएको मार्चको १२ तारिखपछिकै सबैभन्दा धेरै हो ।
उता अधिकारीले गत हप्ताको तुलनामा यसको सङ्क्रमण दुई गुणाले बढेको तथ्याङ्कले देखाएको बताएका छन् । बेलायती स्वास्थ्य मन्त्रालयले मंगलबारमात्र यहाँ २४ घन्टामा १४६ जनाको कोरोनाका कारण ज्यान गएको बताएको छ ।

यो समेत गरी यहाँ अहिलेसम्म को’रोना भाइ’रसबाट एक लाख ३० हजारभन्दा बढीको ज्यान गएको छ । यहाँ पछिल्लो समयमा मृ’त्युको संख्या बढ्न थालेको बताइएको छ ।

कोरो’नाविरु’द्धको खोपका कारण इन्डि’यन भेरि’एन्टबाट सुरक्षित हुन सतर्कता अपनाउन यहाँको सरकारले भनिरहेको छ । यहाँ सङ्क्र’मणको दर पनि बढ्दै गएको देखिएको छ ।

स्वास्थ्य अधिकारीले गएको २४ घन्टामा यहाँ २३ हजारभन्दा बढीमा को’रोनाको सङ्क्र’मण देखिएको छ । यो समेतगरी अहिलेसम्म यहाँ यो सङ्क्र’मणबाट ६१ लाखभन्दा बढी सङ्क्र’मित भएका छन् । बेलायत सरकारले को’रोना वि’रुद्धको खोप कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको छ ।

२०७८ श्रावण २७, बुधबार २१:५३ गते 1 Minute 271 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार