
काठमाडौ : निराजन घिमिरे, अगस्ट १०- भारत, पाकिस्तान, श्रीलंका र नेपाल लगायतका देशहरु बाट दुबई जानेहरु को लागी को’भिड खोप प्रमाणपत्र अब आवश्यक नपर्ने भएको छ।
तर यो नियम दुबई भिषा बाहकलाई मात्र लागु हुनेछ अन्य ईमिरेट्सको लागी अघिल्लो पटक सार्वजनिक नियम नै लागु हुनेछ । ईमिरेट्स एअरलाइन्सको ट्वीटर एकाउन्टमा बताईए अनुसार दुबई जानेहरु को लागी को’भिड खोप प्रमाणपत्र अब आवश्यक नपर्ने भएको हो।
ईमिरेट्स एयरलाइन्स सपोर्ट टीमले ट्विटरमा एक भारतीय द्वारा सोधिएको प्रश्नको जवाफ दिदै यो कुराको पुष्टि गरेको छ। उनले एयरलाइन्सलाई सोधेका थिए कि “यदि कोभि’शिल्ड खोप लगाएका भारतीयहरु दुबई फर्कन सक्छन्?
उनको प्रश्नको जवाफ दिंदै ईमिरेट्स एयरलाइन्स सपोर्ट टीमले अब भारत, पाकिस्तान, श्रीलंका र नेपाल लगायतका देशहरु बाट दुबई जानेहरु को लागी को’भिड खोप प्रमाणपत्र अब आवश्यक नपर्ने तर अन्य शर्तहरु भने लागु हुने बताएको हो ।
अब निम्न शर्त’हरुको अधिनमा रहेर दुबई यात्रा गर्न सकिनेछ
दुबईको आवाशिय भिसा धारकहरुले रेजी’डेंसी र विदेश मामिला को महानिदेशालय (GDRFA) बाट प्रवेश अनुमतीको लागी आवेदन दिनु पर्छ।
फ्लाईट हुनुभन्दा ४८ घण्टा भित्र पिसिआर टेस्टको लागी स्वाब निकाली कोभिड टेस्ट गर्नुपर्छ र क्यु आर कोड सहितको नेगेटिभ प्रमाणपत्र हुनुपर्छ ।यात्रा सुरु हुनुभन्डा ४ घण्टा भित्र गराई प्रमाणपत्र लिनुपर्छ । र्यापिड एन्टीजेन टेस्ट मान्य हुने छैन। यात्रुले दुबई पुगेपछि फेरी पिसिआर टेस्ट गर्नुपर्ने छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।