
काठमाण्डौ : संयुक्त अरब इमिरेट्स यूएईको दुबई राज्यमा जान अब को’रोना भा’इरस वि’रुद्धको खोप लगाएको प्रमाण नचाहिने भएको छ ।
नेपाल, भारत, पाकिस्तान र श्रीलङ्काबाट दुबई आउनेले यूएई सरकारले तोकेका अन्य स्वास्थ्यका मापदण्ड पालना गर्नु परे पनि को’रोना वि’रुद्धको खोप लगाएको प्रमाणपत्र भने पेस गर्नु नपर्ने यूएईको स्थानीय सञ्चार माध्यमले खबर लेखेका छन् ।
तर यो नियम यूएईको अन्य राज्यमा भने लागू हुने छैन ।
कोरो’ना विरु’द्धको खोप लगाएको प्रमाणपत्र आवश्यक नभए पनि यूएई जाने नेपालीले सबैभन्दा पहिला त यूएईको सम्बन्धित निकायमा अनलाइनबाटै यूएई प्रवेशका लागि अनुमति लिनुपर्छ ।
४८ घण्टा भित्रको पीसीआर ने’गेटिभ रिपोर्ट हुनुपर्नेछ ।
नेपालको विमानस्थलमा र्या’पिड पीसी’आर परी’क्षण गरेको हुनुपर्नेछ भने यूएईको विमानस्थलमा अवतरण भए पछि पनि पीसी’आर परी’क्षण गर्नुपर्छ ।
क्वरे’ण्टीन लगायतका यूएई सरकारले तोकेको अन्य स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेछ । तर नेपालबाट जाने यात्रुको विमानस्थलमा र्यापि’ड पीसीआर परी’क्षणको व्यवस्था नहुँदा
दुबई उड्न विमानस्थल पुगेका यात्रुसमेत फर्किएका छन् ।
यूएई जाने जहाज रित्तै गएको छ । नेपाल एयरलाइन्सले र्या’पिड पी’सीआर परीक्ष’णको व्यवस्था नभएसम्म यूएई जाने यात्रु नलैजाने बताएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।