
काठमाडौँ : साउदी अरेबियाले ‘श्रम सम्बन्धी सुधार पहल’कार्यक्रम १४ मार्चदेखि लागूगरी श्रम सम्बन्धी कानूनमा सुधार गरेपछि नेपाली श्रमिकले फाइदा लिन थालेका छन्।
नयाँ प्रावधान अनुसार साउदीमा रहेका नेपालीलगायत विदेशी श्रमिकले मन नपरेको खण्डमा सहजै रोजगारदाता परिवर्तन गर्न र देश छोड्न पाउने नियम लागू भएको थियो।
यो नियम लागू भएपछि नेपालीलगायत विदेशी श्रमिक अवैधानिक हैसियतबाट जोगिएका छन्। तर, यसका लागि श्रमिकले केही सर्त भने पालना गर्नुपर्ने नियम छ।
यो नियम के हो ? र, यसको प्रकृया के हुन्छ भन्ने विषयमा सेन्टर फर माइग्रेसन एण्ड इन्टरनेशनल रिलेसन्स (CMIR)ले ‘प्रवासी सूचना साथी’ को नामबाट एउटा जानकारीमुलक सूचना सार्वजनिक गरेको छ। जुन जानकारी यस प्रकार रहेको छ । -साझा सबाल
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।