२०७९ जेष्ठ १० मंगलवार

आगामी चुनाबका लागि ओलीले बनाउदै छन् यस्तो गठबन्धन, विप्लव सहितका यी दलले दिने भए खुलेरै साथ् !

काठमान्डौ : माधव नेपाल सहितको समर्थनमा नयाँ सरकार बनाएका देउवा दाहाल गठबन्धनले सत्ताको स्वादमा भुलिरहेका बेला केपी शर्मा ओली भने आगामी चुनाबका लागि

आन्तरिक तयारी मा जुटेका छन्। देउवा दाहाल गठबन्धनले भागबण्डा मिलाउन नसक्दा सरकारलाई पूर्णता समेत दिन नसकेका बेला ओली भने आगामी चुनाव केन्द्रित क्रियाकल सुरु गरिसकेका छन्।

पहिले पार्टी भित्रको विवाद समाधान गर्ने र दाहाल देउवाको समीकरण विरुद्ध अन्य राजनीतिक दलसंग सहकार्य गर्ने ओलीको भित्रि योजना रहेको उनि निकट श्रोतले जानकारी दिएको छ।

पछिल्लो समय नेपाली राजिनितीमा निकै हलचल मच्चिएको छ अझ भनौ सबै जसो पार्टीमा विवाद र फुट सम्मको अवस्थामा पुगेका छन् नेकपा एमाले करिब करिब फुटेकै छ तर एकताको लागि पहल भने भैराखेको छ।

नेपाली कांग्रेसमा पनि महाधिबेशन लगाएतका बिषयमा पार्टीको आन्तरिक विवाद निकै उच्च मोडमा पुगेको छ यति सम्मकि पौडेल पक्ष र देउवा पक्ष मात्रै न भएर अनन्य समीकरण पनि बन्दै गएका छन् र छुट्टा छुट्टै भेला बैठक पनि भैरहेका छन्।

यस्तै मधेशबादी दलहरुमा पनि पछिल्लो समय फुटकै शृंखलामा अगाडी बढेको छ भर्खरै मात्रै जसपा विभाजन भएको छ महन्थ ठाकुर समूले ओली पक्षलाई साथ् दिएपछि उत्पन्न भएको विवादले अन्तत पार्टीलाई नै दुर्घटनामा पुरायो।

यता ओली भने पटक पटक फेरिपनि नेकपा एमालेले बहुमत लिएर सरकार बनाउने दाबि गरिरहेको छन् तर तेती सजिलो नभएको एमालेकै नेताहरुले टिप्पणी गरिरहेका छन्। तर ओलीले भने सजिलै बहुमत ल्याउने दाबी गरिरहेका छन् ।

त्यसको प्रमुख आधार भने ओलीले सबै पार्टी भित्र रहेका असन्तुष्ट पक्षलाई समेट्ने र चुनावाबी गठबन्धन बनाउने नै हो।
केहि राजनीतिक बिश्लेसकका अनुसार आगामी चुनाव मा महन्त ठाकुर, र बिप्लव सहितका अन्य राजनीतिक दलहरु संग गठबन्धन हुन सक्ने बताउछन। -प्रहार न्युज

२०७८ श्रावण २८, बिहीबार २३:०२ गते 1 Minute 450 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।