२०७९ श्रावण २४ मंगलवार

चौथो लहर आएको दक्षिण कोरियामा को’रोनाका सङ्क्र’मित बढ्दै !

सोउल : दक्षिण कोरियामा को’रोना (को’भिड–१९) का सङ्क्र’मित पछिल्लो २४ घन्टामा बढेको देखिएको छ । यहाँ सङ्क्र’मित हुनेहरुको सङ्ख्या पछिल्ला हप्ताहरुमा बढ्दै गएको देखिएको छ ।

को’रोना भाइर’सको चौथो वेभ आएको भनिएको यहाँ शुक्रबार एक हजार नौ सय ९० जनामा को’रोनाको थप सङ्क्र’मण भएको बताइएको छ । यहाँ बिहीबार मध्यरातिसम्म अर्थात् गएको करिब २४ घन्टामा सङ्क्र’मितहरु एक हजार नौ सय ९० जना थपिएका बताइएको छ ।

योसँगै यहाँका सङ्क्र’मितहरुको सङ्ख्या दुई लाख २० हजारजना भन्दा बढी पुगेको बताइएको छ । यहाँ पछिल्लो हप्तामा यहाँ कम्तीमा पनि एक हजार ६०० जनामा सङ्क्र’मण देखिने गरेको छ । बुधबार रातिसम्म यहाँ एक हजार नौ सय ८७ जना सङ्क्र’मित थपिएकामा शुक्रबार त्योभन्दा बढी देखिएको हो ।

यहाँका स्वास्थ्य अधिकारीहरुले अधिकांश विदेशबाट आएका व्यक्तिमा पाइएको पनि सो समाचारमा जनाइएको छ ।
यहाँ निकै थोरै सङ्ख्यामा मात्र सङ्क्र’मितहरु थिए ।

दक्षिण कोरिया सरकारले को’रोना भाइ’रसको सङ्क्र’मणलाई रोक्न विदेशका अरू देशहरुको तुलनामा प्रभावकारी काम गरेको बताइएको थियो । तर प्राप्त समाचारमा दक्षिण कोरियामा पनि पछिल्लो समयमा सङ्क्र’मितहरुको सङ्ख्या बढ्दै गएको देखिएको छ ।

दक्षिण कोरियाको सरकारले खोप लगाउने कामलाई पनि प्राथमिकतामा राखेको जनाएको छ । यहाँ मृ’त्युदर भने कम रहेको छ । यहाँ अहिलेसम्म यो भाइर’सबाट दुई हजार एक सय ४४ जनाको ज्या’न गएको छ । -रासस/सिन्ह्वा

२०७८ श्रावण २९, शुक्रबार १८:४९ गते 1 Minute 604 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।