२०७८ माघ ९ आईतवार

तीन पटक दल बदल्ने बिमला वली मन्त्री बन्दै !

काठमाडौं : तीन पटक पार्टी परिवर्तन गरेर चर्चामा आएकी दाङकी निर्वाचित प्रदेश सभा सांसद विमला वली मन्त्री बन्ने भएकी छिन् । उनी लुम्बिनी प्रदेश सरकारको मन्त्रिमण्डल विस्तार हुँदा मन्त्री बन्ने बुझिएको छ ।

वलीले कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन निर्णायक भूमिका निभाएकी थिइन् । वलीको निर्णायक मतले शंकर पोखरेल नेतृत्वको सरकार ढलेको थियो । ८० सदस्यीय प्रदेशसभामा ३८ एमालेको पक्षमा र ४२ गठबन्धनको पक्षमा थियो ।

सुर्य चिन्हबाट चुनाव जितेका अजय साह पनि अन्तिम समयमा केसीकै पक्षमा उभिएका थिए । उनले मन्त्री पाइसकेका छन् ।
तत्कालीन नेकपाबाट उपनिर्वाचनमा विजयी विमला वली पार्टी विभाजनपछि माओवादी केन्द्रमा लागेकी थिइन् । उनी फेरि एमालेमा लागिन् ।

विज्ञप्ति नै निकालेर एमालेमा लागेको जानकारी गराइन् । तर, त्यसको तीन दिनमै अर्को विज्ञप्ति निकालेर माओवादीमै रहेको खुलाइन् । वली अन्तिम समयमा आएर निर्णायक भइन् । उनी तानातानमा परिन् । तर, उनकै कारण कुलप्रसाद केसीले बाजी मारे ।

पोखरेल नेतृत्वको सरकार ढाल्न गठबन्धनले निकै कसरत गर्नुपरेको थियो । एमालेबाट प्रत्यक्ष चुनाव जितेका माधवकुमार नेपाल पक्षधर अमरबहादुर डाँगीले राजीनामा नै दिए । डाँगीको राजीनामाले एमालेको सांसद संख्या ४० बाट ३९ मा झरेको थियो ।

हृदयश त्रिपाठीहरुको स्वतन्त्र समूहबाट सुर्य चिन्ह लिएर चुनाव जितेका अजय शाहीले पनि साथ छाडे । सांसदको राजीनामा देखि दल बदल्ने सम्मको कदमबाट कुलप्रसादले अन्तिममा आएर बाजी मारेका हुन् ।

निर्णायक घडीमा साथ दिने बिमला वलीलाई शंकर पोखरेलले पनि मन्त्री बनाउने भनेका थिए । तर, उनले कुलप्रसाद समूहको प्रस्ताव स्वीकारिन् । उनलाई अबको केही दिनमै मन्त्री बनाउने बुझिएको छ ।- दैनिक न्युज नेपाल बाट

२०७८ श्रावण ३०, शनिबार ०१:३२ गते 1 Minute 799 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार