२०७९ जेष्ठ १० मंगलवार

नेपाल बन्यो सार्ककै सबैभन्दा उच्च सङ्क्र’मण दर भएको मुलुक !

काठमाडौं : सिमाना जोडिएको छिमेकी मुलुक भारतमा को-भि’ड–१९ को सङ्क्र’मण घट्दो क्रममा रहँदा नेपालमा भने पछिल्लो समय सङ्क्र’मणको दर बढ्दो रहेको छ ।

अझ को-भि’डका कारण मृ’त्यु हुनेको सङ्ख्यामा पनि कमी आउन सकेको छैन । को’रोना भा’इरसको पहिलो र दोस्रो लहर चलेको समयमा अघिल्ला वर्षहरूमा भारतबाट आवत–

जावतका क्रम तीव्र हुँदा मात्र नेपालमा सङ्क्र’मणको दरमा बढोत्तरी भएको थियो । तेस्रो लहरको सुरुवाती चरणमा भारतबाट त्यसरी आवतजा’वत भएको छैन ।यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

तर पनि नेपालमा भारत लगायत दक्षिण एसियाली मुलुकमध्येकै सङ्क्रमणको दर बढ्दो क्रममा रहेको छ ।चार दिनअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको सार्क स्तरीय

को-भि’ड विवरणमा छिमेकी मुलुक भारतमा को-भि’डको मृ’त्युदर १.३ प्रतिशत र सक्रिय सङ्क्र’मणको दर १.३ प्रतिशत रहेको छ । सो अवधिमा नेपालको मृ’त्युदर १.४ र सङ्क्र’मणको दर दोब्बरले बढेको अवस्थामा ४.९ प्रतिशत

रहेको थियो ।चार दिन अघि र पछिको विवरणअनुसार अन्य सार्क मुलुकहरूमध्ये अधिकांश मुलुकको सङ्क्र’मण र मृ’त्युदर बढ्दो क्रमबाट घट्दो क्रममा गएको देखिन्छ ।

नेपालमा भने चार दिनपछि अर्थात् अगस्ट ११ देखि थप बढोत्तरीतर्फ उन्मुख रहेको छ । जसअनुसार सीमा जोडिएको भारतको मृ’त्युदर १.३ र सङ्क्र’मणको दर घटेर १.२ पुगेको छ । नेपालमा भने मृ’त्युदर १.४ नै रहे पनि सङ्क्र’मणको दर बढेर ५.२ प्रतिशत पुगिसकेको छ ।

अगस्त ७ मा अफगानिस्तानको मृत्युदर ४.६ र सक्रिय सङ्क्र’मणको दर २७.४, बङ्गलदेशको मृ’त्युदर १.७ र सक्रिय सङ्क्र’मण दर ११.१, भुटान मृत्युदर ०.१ र सक्रिय

सङ्क्र’मण दर ४.७, माल्दिभ्समा मृ’त्युदर शून्य र सक्रिय सङ्क्र’मणको दर ९०.३, पाकिस्तानमा मृ’त्युदर २.२ र सक्रिय सङ्क्र’मणको दर ७.५ तथा श्रीलङ्कामा मृ’त्युदर १.५ र सक्रिय सङ्क्र’मणको दर ९.६ प्रतिशत रहेको थियो ।

२०७८ श्रावण ३०, शनिबार १८:३९ गते 1 Minute 619 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।