
काठमाडौं : गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को तेस्रो संस्करणका विजेता किरण गजमेर यतिबेला आफ्नो ज’न्मथलो झापामा छन् ।
इन्ट्रा नेशनल वे’लफेयर फाउण्डेशन अफ अमेरिकाको आयोजनामा आफ्नो जन्मथलोमा रहेका भुटानी श’रणार्थीहरुलाई सहयोग गर्न त्यहाँ पुगेका किरणले थप एक एम्बुलेन्स
सहयोग गर्ने घोषणा गरेका छन् ।इन्ट्रा नेशनल वे’लफेयर फाउण्डेशन अफ अमेरिकाद्वारा तय भएका विभिन्न कार्यक्रमका लागि पूर्व पुगेका उनले भुटानी शिविर पथरीमा रहेका अ’शक्त र वृ’द्धवृद्धाहरुलाई जनही ५ हजारका दरले भत्ता दिएका थिए ।
संस्थाका रुद्र बानियाँले हरेक महिना आजिवन भत्ता उपलब्ध गराउने जानकारी दिए ।त्यस्तै झापाको बेलडाँगीमा रहेको श’रणार्थी शिविरमा पनि किरण पुगेका थिए ।
त्यहाँ संस्थाले वृद्दाश्रम निर्माण गरेको छ । उनले वृद्धाश्रमका लागि अर्को एउटा एम्बुलेन्स सहयोग गर्ने घोषणा गरेका हुन् ।
अब उनले इन्ट्रा नेशनल वेलफेयर फाउण्डेशन अफ
अमेरिकाको सहकार्यमा पश्चिममा १ र पुर्व पथरी र झापामा गरी २ एम्बुलेन्स प्रदान गर्ने छन् । पूर्व यात्रामा किरणले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँग पनि भेट गरेका थिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।