२०७९ मंसिर १३ मंगलवार

मानिसले थापेको बल्छी र जालमा फ’सेर म’र्न थाले डल्फिन !

काठमाडौँ  : मानिसपछिको सबैभन्दा बढी चे’तनशील र च’लाख प्राणी मानिएको डल्फिन मानिसबाटै बढी जो’खिममा पर्न थालेको छ ।

मानिसले थापेको बल्छी र जा’लमा फ’सेर डल्फिन म’र्न थालेपछि नेपालमा यसको अस्तित्व झन् स’ङ्कटमा परेको छ ।
नेपालमा कोसी, नारायणी तथा कर्णाली र यसका सहायक नदीमा डल्फिन पाइने गरेको छ ।

कोसी तथा नारायणीमा सहजै देख्न नसकिने भए पनि कर्णालीका सहायक नदीहरूमा ब’र्खाका बेला डल्फिन सहजै देख्न सकिन्छ । पहिलो पटक २०५८ सालमा कर्णाली नदी र यसका सहायक नदीमा डल्फिन पाइने कुरा प्रमाणित गरिएको थियो ।

डल्फिन संरक्षण केन्द्रका सचिव विजयराज श्रेष्ठले हाल बर्खाका बेला यी नदीमा १२० वटासम्म डल्फिन देख्न सकिने बताउनुभयो ।डाइनोसरको युगदेखि हालसम्म पृथ्वीमा

अस्तित्वमा रहेको यो जीवलाई नेपाल सरकारले संरक्षित प्राणी घोषणा गरेको छ ।यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ । स’ङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार निय’न्त्रण ऐन (सा’इटिस)ले यसको

व्यापार कारोबार गर्न प्र’तिबन्ध लगाएको छ भने अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयूसीएन)ले अति स’ङ्कटापन्न जीवका रूपमा सूचीकृत गरेको छ ।बर्खामा डल्फिनले बच्चा हुर्काउने गर्छ । यो बेला कर्णाली नदीमा ठूलो बाढी आउने

भएकाले बच्चा हुर्का’उन वयस्क डल्फिनहरू मोहना, पथरैया, कान्द्रा नदीमा विचरण गर्ने तथा आहार खोज्ने गर्छन् । यही बेला स्थानीय तहबाट मोहना, पथ’रैया तथा कान्द्रा नदीलाई माछा मा’र्नका लागि ठेक्कामा लगाउने गरिँदा ठेकेदारको लापर’बाहीले डल्फिन जाल तथा बल्छीमा परेर मर्ने गरेको उहाँले बताउनुभयो ।

२०७८ श्रावण ३०, शनिबार २२:३८ गते 1 Minute 833 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।