
झापा : देशका अन्य पालिकाहरूमा नगरप्रमुख उपप्रमुखहरूले महंगो मूल्यका गाडी सुविधा लिइरहेको समाचार आइरहेको बेला झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पाखरेलले
भने आफू चढ्न किनेको गाडी प्रहरीलाई दिएका छन्। मेयर पोखरेलले आफू चढ्न किनेको बलेरो गाडीको चाबी इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी नायब निरीक्षक उदयशमशेर जबरालाई हस्तान्तरण गरेका हुन्।
नगर प्रमुख पाखेररेलले आफूले चढ्नुभन्दा प्रहरीलाई दिँदा जनताको जिउधनको सुरक्षा बढी हुने भएकोले आफूले चढ्ने गाडी प्रहरीलाई दिएको बताए।
मेयर पोखरेलले यसअघि गाडी किन्न छुट्टाइएको ५० लाख रुपैयाँ रकमसमेत प्राविधिक शिक्षाका लागि प्रदान गरेका थिए।
सुरुङ्गा प्रहरीलाई नगरपालिकाले यसअघि भाडामा लिएको गाडी प्रदान गरेको थियो,’ नगर प्रमुख पोखरेलले भने, ‘प्रतिमहिना ७० हजारमा गाडी भाडा लिएर प्रहरीलाई सर्वसाधारणको सुरक्षाका लागि प्रदान गर्दा नगरपालिकाको व्ययभार अधिक भएकाले आफूले चढ्ने गाडी प्रदान गरिएको हो।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।