२०७९ जेष्ठ ४ बुधबार

अमेरिकाको जन-संख्या सम्बन्धी आश्चर्यजनक डाटा सार्वजानिक ।

वासिङ्टन : अमेरिकामा श्वेत नागरिकको संख्यामा पहिलो पटक गिरावट आएको छ । अमेरिकन सेन्सस ब्यूरोले बिहीबार जनगणना सम्बन्धी यो आश्चर्यजनक नयाँ डाटा सार्वजानिक

गरेको हो, जसमा २०१० पछि श्वेत जनसंख्या ८.६ प्रतिशतले घटेको पाइएको छ । २०१० मा कूल जनसंख्याको ६३.७ प्रतिशत श्वेत जनता थिए भने अहिले यो ५८ प्रतिशतमा झरेको छ । यो जनगणना सुरु भएदेखिकै पहिलो घटना हो ।

अल्पसंख्यक समूहमा भने गत एक दशकमा उल्लेख्य वृद्धि भएको छ । यसमा ल्याटिनो जनसंख्या २३ प्रतिशतले बढेको छ भने एसियाली जनसंख्यामा पनि ३५ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै अश्वेत जनसंख्या ५.६ प्रतिशतले बढेको छ ।

सेन्सस ब्यूरोका अधिकारी निकोलस जोनसले भनेका छन्, ‘अमेरिकी जनसंख्या पहिलेको तुलनामा अधिक बहुजातीय र विविध बन्न पुगेको छ । यस्तो पहिले कहिल्यै भएको थिएन ।’ हाल अमेरिकाका सबैभन्दा विविध स्टेटहरु :

हवाइ, क्यालिफोर्निया, नेभाडा, टेक्सस, मेरिल्यान्ड, कोलम्बिया, न्यु जर्सी र न्युयोर्क रहेका छन् । टेक्ससमा मात्र श्वेत र अश्वेत जनसंख्या झण्डै समान स्तरमा पुग्न लागेको छ । त्यहाँ श्वेत जनसंख्या ३९.७ प्रतिशत छ भने अश्वेत

नागरिकरुको संख्या पनि ३९.३ रहेको छ ।यसैगरी बहुजातीयहरुको संख्यामा पनि ठूलो वृद्धि देखा परेको ब्यूरोले जनाएको छ । विगत दश वर्षमा अमेरिकी जनसंख्या ७.४ प्रतिशतले वृद्धि भएको छ जसलाई अमेरिकी इतिहासकै सुस्त वृद्धि भनिएको छ ।

यसमा ठूल्ठूला सहरी क्षेत्रको जनसंख्या बढेको बढ्यै छ भने ससाना काउन्टीमा संख्या निरन्तर घटिरहेको छ ।अमेरिकीहरुले सबैभन्दा बढी दक्षिण र पश्चिमतर्फ बसाइ सर्ने गरेको पनि तथ्यांकले देखाएको छ ।

सबैभन्दा छिटो वृद्धि हुने सहरमा फिनिक्स परेको छ । तर, अझै पनि न्युयोर्क सिटी नै अमेरिकाको सबैभन्दा ठूलो सहर हो जहाँ ८८ लाख मानिसहरु बसोबास गर्छन् । एजेन्सी

२०७८ श्रावण ३१, आईतवार २०:४८ गते 0 Minutes 687 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।