२०७९ जेष्ठ ५ बिहीबार

कतारमै खोप लगाएकाले पनि कतार प्रवेश गर्दा यस्तो मापद’ण्ड पालना गर्नैपर्ने !

दोहा : को’भिड-१९ विरू’द्धको दुवै मात्राको खोप कतारमै लगाएकाले समेत कतार प्रवेश गर्दा दुई दिन क्वारे’न्टाइनमा बस्‍नुपर्ने भएको छ ।

कतारभन्दा बाहिर जुनसुकै खोप लगाएका र कतारी परिचयपत्र वाहक तर खोप नलगाएका हकमा भने १० दिन होटल क्वारे’न्टाइन बस्‍नुपर्ने भएकाे हाे । होटल क्वारे’न्टाइनमा राखेर परीक्षण गर्दा को’भिड ने’गेटिभ आएपछि मात्र आफ्नो

गन्तव्य स्थल जान पाइने कतारस्थित नेपाली राजदूतावासले जनाएको छ । शनिबारदेखि लागू हुने उक्त नियम नेपालबाट कतार जानेहरुलाई मात्र नभई सबैलाई लागू हुनेछ । खोप नलगाएका (पारिवारिक, पर्यटक र व्यापारीक भिसा) यात्रुहरूलाई प्रवेश नदिने दूतावासले जनाएको छ ।

नेपालमा खोप लगाएर कतार काम गर्न जानेको हकमा १० दिन क्‍वारे’न्टिनमा बस्‍नुपर्नेछ । कतारमा नै खोप लगाएका वा काे\भिड भएर ठीक भएकाकाे हकमा मात्र दुई दिन क्वा’रेन्टाइन तोकिएको हो ।

कतारस्थित नेपाली राजदूतावासद्वारा जारी सुचना : नेपालबाट कतार प्रवेश गर्दा अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्ने माप’दण्ड लागू हुने सम्बन्धी जानकारी । २ अगस्ट २०२१ (तदनुसार २०७८ श्रावण १८ गते) देखि लागू हुने गरी कतार

सरकारले कतार प्रवेश गर्ने यात्रुहरुका लागि जारी गरेको अद्यावधिक माप’दण्ड अनुरुप नेपालबाट कतार यात्रा गर्ने यात्रुहरुले देहायका होटल क्वारे’न्टाइनको पालना गर्नुपर्ने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ ।

१. कतारमा दुवै मात्रा खोप लगाएका वा कतारमा को’भिड-१९ संक्र’मण भई निको भएका यात्रुहरुको हकमा २ दिन होटल क्वारे’न्टिन बस्नुपर्ने । दोश्रो दिनमा पि सी आर परीक्षण गरी नेगे’टिभ नतिजा आएपछि आफ्नो गन्तव्यमा जान पाइने ।

२. कतारभन्दा बाहिर जुनसुकै खोप लगाएका वा नलगाएका QID वाहक यात्रुहरूले १० दिन होटल क्वा’रेन्टाइन बस्नुपर्ने।
३. खोप नलगाएका (पारिवारिक, पर्यटक वा बिजनेश भीसा अन्तर्गतका) यात्रुहरूलाई कतारमा प्रवेश नदिईने । थप जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्नुहोला ।

२०७८ श्रावण ३२, सोमबार ००:०१ गते 1 Minute 697 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।