
काठमाडौं : नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पुनर्वहालीको माग गर्दै सर्वोच्चमा पुग्नु भएको छ ।
उहाँले सोमबार विद्युत प्राधिकरणमै पुनर्वहाली गर्नुपर्ने भन्दै सर्वोच्चमा रिट दा’यर गर्नुभएको हो । सर्वोच्च अदालतका अनुसार शाक्यले कुलमान घिसिङको नियुक्ति बदर हुनुपर्ने
र विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा आफूलाई नै कायम गर्न अन्तरिम आदेशको माग गर्नु भएको छ ।उहाँले आफूलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको आधिकारिक पत्र नआएको पनि रि’टमा उल्लेख गर्नुभएको छ ।
कुलमान घिसिङलाई कार्यकारी प्रमुखमा ल्याएर सरकारले आफ्नो अधिकार हनन् गरेको उहाँले निवेदनमा दावी गर्नुभएको छ ।उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय,
उर्जा मन्त्रालय, उर्जामन्त्री, नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाउनु भएको छ । आफूलाई राजी’नामा गर्न दवाव दिएको तर आफूले राजी’नामा नदिएको भन्दै शाक्यले
आफूलाई जल तथा उर्जा आयोगको उर्जा विशेषज्ञ सदस्य पदमा नियुक्त गर्ने सरकारको निर्णय गलत भएको दावी गर्नुभएको छ ।आफूलाई रा’जीनामा गर्न दवा’व दिएको तर आफूले राजीनामा नदिएको भन्दै शाक्यले आफूलाई जल तथा उर्जा
आयोगको उर्जा विशेषज्ञ सदस्य पदमा नियुक्त गर्ने सरकारको निर्णय गलत भएको दावी गर्नुभएको छ । आफूले त्यो पद अस्वीकार गरेकाले प्राधिकरणको कार्यकारी निर्देशक पदमा आफ्नो हक कायमै हुने ऊहाको दावी छ ।
शाक्यकै मन्जु’रीमा कुलमान घिसिङले बुधबार मात्रै प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकको पद बहाली गर्नु भएको थियो ।सरकारले शाक्यलाई भने उर्जा आयोगमा सचिव सरहको सेवा सुविधा दिनेगरी तान्ने निर्णय गरेको थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।