२०७९ जेष्ठ ५ बिहीबार

कोरियाबाट फर्कनेलाई ग्लोबलको सहुलियत कर्जा।

काठमाडौं : ग्लोबल आइएमई बैंकले कोरियाबाट फर्किएर विभिन्न पेशामा संलग्न उद्यमीलाई सहुलियत कर्जा उपलब्ध गराउन अंकुर नेपालसँग सम्झौता गरेको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र अंकुर नेपालका अध्यक्ष लालप्रसाद भट्टराईले हस्ताक्षर गर्नुभएको छ । कोरोना महामारीबाट उत्पन्न

समस्या तथा अन्य कारणबाट स्वदेश फर्किएर कोरियामा आर्जित सीप तथा आय-आर्जनलाई स्वदेशमा व्यवसाय तथा रोजगारी सिर्जना गर्न उत्प्रेरित गर्ने उद्देश्यका साथ व्यवसायीलाई सहयोग

गरी पूर्ण रोजगारी र समृद्घिको दिशातर्फ अघि बढ्ने एक अभियानका रूपमा सञ्चालन गर्न बैंक र अंकुरबीच सहुलियत कर्जासम्बन्धी सहकार्यका लागि सम्झौता भएको बैंकले जनाएको छ ।

२०७८ भाद्र १, मंगलवार ०८:०२ गते 1 Minute 589 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।