
एजेन्सी : गायक निक जोन्सका साथ विवाह गरेर हाल अमेरिकामा बसोवास गर्दै आएकी बलिउड अभिनेत्री प्रियंका चोपडा सामाजिक सेवामा पनि निकै सक्रिय छिन् ।
सामाजिक विषयमा आफ्नो धारणा राखिरहने र सामाजिक सेवामा सक्रिय रहने प्रियंका यति बेला अमेरीका रहे पनि आफ्नो देश भारतप्रति भने सोचिरहने गर्छिन् ।
उनको पति निकसमेत भारतको बारेमा सोच्छन् र बेलाबेलामा सहयोगको हात बढाइरहन्छन् । केही समय अघि प्रियंका र निक मिलेर भारतका कोरो’ना पी’डितका लागि कोष समेत स्थापना गरेका थिए ।
हालै प्रियंकाले पति निकका साथ भारतलाई कोभि’डबाट माथि उठाउनका लागि ३० करोड अमेरिकी डलर अर्थात् ३५ अर्ब ६० करोड ४३ लाख जुटाएको इन्स्टाग्राम अकाउन्टमार्फत जनाएकी छिन् ।
पहिले पनि कोरोनाको चपेटामा परेका व्यक्तिका लागि सहयोगको हात बढाइसकेका प्रियंका र निकले ह्यास’ट्याग टुगेदर फर इन्डिया भन्ने नारासहित पीडितको लागि आफुहरुले सहयोग जुटाइरहेको भिडियोमार्फत सन्देश दिएका छन् ।
भारतमा कोरोना भाइरस र आर्थिक अभावको दोहोरो चपेटामा परेका मानिसका लागि अक्षय कुमार, ज्याकलिन फर्नान्डिस लगायतका कलाकारले सहयोगको हात अघि बढाउँदै आइरहेका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।