२०७८ माघ ९ आईतवार

खुशीको खबर ! अफगानिस्तान बाट एक महिलासहित १२७ जना नेपालीकाे उद्धार !

काठमाडौँ – ता’लिबानको कब्जामा आएको अफगानिस्तानबाट उ’द्धार गरिएका नेपालीहरुको पहिलो समूह काठमाडौँ आइपुगेको छ। अफगानिस्तानबाट उ’द्धार गरिएका एक महिलासहित १२७ जना नेपाली बोकेको विमान मंगलबार बिहान त्रिभूवन विमानस्थलमा अवतरण गरेको हो।

अफगानिस्तानबाट उ’द्धार गरिएका नेपालीलाई दोहा, कुवेतलगायत देशमा लगेर राखिएकामा त्यहाँबाट काठमाडौँ ल्याइएको हो। अफगानिस्ताबाट ल्याएकाहरुलाई नेपाली सेनाले संक्रमण सु’रक्षात्मक उपायसहित विमानस्थलबाट सिधै सामाखुशीस्थित आइसोलेशन सेन्टर लैजाने छ।

त्यहाँ उनीहरुको एन्टिजेन वा पिसिआर परीक्षण भएको छ । त्यसपछि मात्रै आइसोलेशनमा राखिने वा घर पठाउने भन्नेबारे निर्णय हुनेछ। नेपालीहरु जजिरा एअरलाइन्सको विमान मार्फत आएका हुन्। उनीहरु कुवेत हुँदै काठमाडौँमा आएका हुन्। विमानस्थलमा अवतरण गरेसँगै उनीहरुको को’रोना परीक्षण सुरु गरिएको हो।

एन्टिजेन विधीबाट उनीहरुको को’रोना परीक्षण भइरहेको हो। नेपाली सेनाले विदेशबाट आउने नेपालीलाई राख्ने कार्यविधि अन्तर्गत उनीहरुको जिम्मा लिने छ। स्वास्थ्य परीक्षणपछि उनीहरुलाई हो’ल्डिंग सेन्टर वा क्वा’रेन्टिनमा राख्ने तयारी गरिएको छ।

२०७८ भाद्र १, मंगलवार १८:५६ गते 0 Minutes 553 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार