
टोकियो : गत साता असामयिक रुपमा तीन जना नेपाली नि’धनको घट’ना सेलाउन नपाउँदै पुन जापानको ओसाकामा एक नेपाली युवा स’दाका लागि अ’स्ताउन पुगेका छन् ।
विशेष दक्षता युक्त कुक पेशामा आ’वद्ध नेपाल गुल्मी जिल्ला डासिकोट घर हुनुभएका नारायण कुमार खत्रीको नि’धन भएको हो ।एनआरएनए कान्साईका संयोजक दिलिप शर्माका अनुसार हप्तादिन यता अस्वस्थ रहनुभएका खत्रीको उपचारको क्रममा
अस्पताल भर्ना गरिएकोमा ११ दिनपछि बुधवार नि’धन भएको हो । ३५ बर्षिय खत्री जापानमा श्रीमती सहित बस्दै आउनुभएको थियो । अस्वस्थ खत्री घरमानै बे’हो’स भएर ल’डेपछि उप’चारको लागि अस्पताल लगिएकोमा अगष्ट १७ तारिख बुधवार चिकित्स’कहरुले मृ’त्युको पु’ष्टि गरेका हुन् ।
खत्री मु’टु रो’गसँग सम्वन्धित बि’रामी हुनुभएको बताइएको छ ।खत्रीको नेपालमा एक छोरा र छोरी रहेका छन् ।
आर्थिक रुपमा कम’जोर रहेका खत्रीको अन्तिम दा’हसं’स्कार
लगायत पारिवारिक सहयोगको लागि आर्थिक संकलन गरिने भएको छ ।एनआरएनए कान्साईका संयोजक शर्माले जापानमा दुःखद घ’टनामा परेर नेपाली निधनको घ’टना बढिरहेको बताउँदै यस्ता आ’पतकालिन अवस्थामा सघाउन संस्थाले ठोस अभियान चलाउने बताउनुभयो ।
जापानमा रहेका सबै नेपालीहरुलाई सहज रुपमा जिवन यापन गर्न र मृ’त्युपछिको आपतकालिन अवस्थामा समेत स’घाउ हुनेगरि जीवन बि’मा लगायका कार्यक्रममा का’न्साईले अभियान चलाउने शर्माको भनाई छ ।
स्मरणिय छ ओसाकामा हालै मात्र अर्का एक नेपाली युवतीको अ’सामयिक नि’धन भएको थियो । जापानको जीवन यापनसँगै शारिरिक स्वास्थ्य हेरचाहमा समेत ध्यान दिन आग्रह गर्दै शर्माले सबैलाई को’रोना संक्रमणको जोखिमबाट जो’गिन स’चेतता सँगै स्वास्थ्य परीक्षण लगायत नियमित स्वास्थ्य चे’कजाँचको लागि समेत आग्रह गर्नुभयो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।