
काठमाडौँ : वैदेशिक रोजगारीका लागि अमेरिका पठाईदिन्छु भनेर ठ’गि गर्ने एक व्यक्ति पक्रा’उ परेका छन् । महानगरीय अप’राध महाशाखाले जिल्ला ताप्लेजुङ फुङलिङ नगरपालिका
वडा नं. ९ का लाल बहादुर कार्कीलाई पक्राउ गरेको हो ।
कार्कीले पाँचथर तुम्बेवा गाउँपालिका वडा नं. ५ हाङ्गुमका ध्रुव कुमार राईलाई भिजिट भिषामा दुबई हुँदै अमेरिका पठाउने भन्दै एघार लाख पचास हजार रकम लिएको उजुरीका आधारमा
पक्राउ गरिएको महासाखाले जनाएको छ । कार्कीले रकम लिई सम्पर्क विहीन भई ठ’गी गरेको भन्दै राइले वैदेशिक रोजगार विभागमा उजु’री दिएका थिए । उजु’री पछि विभागले कार्कीलाई पक्रा’उ गरी विभाग उपस्थित गराइदिन महानगरीय अप’राध महाशाखामा पत्राचार गरेको थियो ।
महाशाखाले जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा कार्कीलाई झापा अर्जुनधारा नगरपालिका वडा नं. ५ शान्तिचोकबाट पक्रा’उ गरी थप अनुस’न्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग पठाईएको जनाइको छ ।
जम्मा लागत चालिस लाख रुपैयाँ लाग्ने र अमेरिका पुगेपछि कोकाकोला कम्पनीमा मासिक तीन लाख रुपैयाँ तलव हुने जागिर लगाईदिन्छु भनी विश्वास दिलाई प्रलो’भनमा कार्कीले ठगि गरेको उजु’री परेको जनाइको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।