
बाजुरा : बाजुराको दुर्गम गाउँपालिका जगन्नाथको जु’ठ्ठिमा महिला चिकित्सक सेवा प्र’भावकारी बन्दै गरेको छ। वर्षौदेखि रोग पालिरहेका बिरामीले अहिले उपचार सेवा पाइरहेका छन्।
डा. जस्मीता ब’लमपाकी अहिले दुर्गमका बि’रामीलाई सेवा दिन व्यस्त छिन्। दुर्गममा चिकित्सक नबस्ने समाचार आइरहदा महिला चिकित्सक ब’लमपाकी भने जगन्नाथमा पुगेर सेवा दिइरहेकी छिन्।
उनी भखैरै मेडीकल काउन्सीलको परीक्षा पास गरेर पहिलोपटक जागिर गर्न दु’र्गम गाउँमा पुगेकी हुन्। उनले दैनिक ४० जना भन्दा बढी बिरामीको उपचार गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोद गैरेले बताए।
डा जस्मीता आएपछि वर्षौदेखि रोग लुकाउदै आएका महिलाहरुले पहिलोपटक खुलेर उपचार सेवा पाएका छन्। यस्तै पैसा नभएर उपचारका लागि जिल्ला बाहिर जान नसकेकाले समेत गाउँमै सेवा पाएको गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले बताए ।
सेवा गर्नुपर्छ भन्ने भावनाले दु’र्गममा सेवा दिन आएको बताउने डा. जस्मीताले धेरैजसो पेट दु’खेका बि’रामी, पा’ठेघर सम्बन्धी स’मस्या भएका, चि’लाउने, द’म तथा छाला सम्बन्धीका बि’रामी आउने गरेको बताइन।
यहाँका महिलाहरुले सुरुमा रो’ग लुकाउने गरेका छन् तर बिस्तारै परामर्श दिदै जाँदा समस्याका बारेमा खुल्ने गरेका छन्’ उनले भने। दैनिक पा’ठेघर सम्बन्धी बि’रामी, से’तो पानी ब’ग्ने जस्ता स’मस्या लिएर १५ देखि २० जना महिलाहरु आउने गरेको उनले बताइन ।
उपचारसँगै परामर्श दिँदा अहिलेसम्म आउने बि’रामी सन्तृष्ट भएर गएको उनले बताइन। धेरै बि’रामी सञ्चो भएर खुशी भएर जान्छन्, त्यही नै मेरो कमाइ र सम्पत्ति हो’ उनले भनिन्।
कैलालीको गोदावरी नगरपालिका–१ अत्तरिया घर भएकी जस्मीताले लुम्बिनी मेडिकल कलेज पाल्पाबाट एमबीबीएस गरेर गत कार्तिक १ गते मेडिकल का’उन्सीलको परीक्षा पास गरेकी हुन्। पास हुने बित्तिकै पहिलो सेवा गर्ने इच्छा अनुरुप जगन्नाथ पुगेको उनले बताइन।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।