
काठमाडौं : अघिल्लो सोमबारदेखि युएईबाट नेपाल आउने यात्रु मात्र ओसार्ने गरी उडान भरिरहेका वायुसेवा कम्पनीहरूले अब यताबाट पनि यात्रु लैजान पाउने भएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा को’रोनाको र्या’पिड पिसिआर परी’क्षणको सुविधा नहुँदा युएईले नेपालबाट जाने यात्रुका लागि प्रवेश खुला गरे पनि कोही जान पाएका थिएनन्। साउदी अरेबियन वायुसेवा कम्पनी एयर अरेबियाले बिहीबारदेखि
यहाँबाट युएई यात्रु लैजान थाले पनि नेपाली वायुसेवा कम्पनीले त्यसो गर्न पाएका थिएनन्। फ्लाई दुबईले समेत दुबईमा बढीमा ६ घन्टा ट्रान्जिट भएका यात्रु मात्र नेपालबाट लगिरहेको थियो। नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले दुबईबाट यात्रु ल्याउन मात्र उडान भर्दै आएका थिए।
विमानस्थल स्रोतका अनुसार एयर ट्रान्सपोर्ट अपरेसन दुबई सिभिल एभिएसन अथोरिटीले यसअघि कायम रहेको ४८ घन्टाभित्र गरेको को’रोना प’रीक्षणको पिसिआर नेगेटिभ
रिपोर्ट र विमानस्थल परिसरमै उडान हुनुभन्दा चार घन्टाअघि गरेको र्यापिड पिसिआर परीक्षण ने’गेटिभ रिपोर्टको सट्टा उडान हुनुभन्दा चार घन्टा पहिलेको पिसिआर परीक्षणको ने’गेटिभ रिपोर्टलाई मान्यता दिने भएपछि युएई उडान पुनः सुरु भएको हो।
सोही परीक्षणको आधारमा शनिबार रातिको उडानबाट हिमालय एयरलाइन्सले एक सय ५२ र एयर अरेबियाले एक सय ५५ यात्रु लगेका छन्। सोही रिपोर्टको आधारमा नेपाल वायुसेवा निगमले सोमबार राति ११ः३० मा उडान गर्ने तयारी गरेको छ। निगमले सोमबारदेखि सातामा दुई उडान भर्ने तयारी गरेको छ।
शनिबार हिमालय एयरलाइन्सले यात्रुलाई विमानस्थल मै बोलाएर स्वाब संकलन गरी पिसिआर परीक्षण गराएर उडाएको थियो। दुबई सरकारले पछिल्लो समय को’रोना संक्र’मण दर बढ्दै गएको भन्दै नेपालसहित भारत, पाकिस्तान, नाइजेरिया, श्रीलंका र युगान्डालाई अति जोखिम देशको सूचीमा राखेको छ।
यसैबीच, अहिले मलेसिया, दुबई, दोहा, दिल्ली लगायत गन्तव्यमा नियमित उडान गरिरहेको निगमले जापान र हङकङ उडान सुरु गर्ने भएको छ। कोरोनाको दोस्रो लहरसँगै तीन महिनादेखि बन्द रहेको उक्त गन्तव्यमा पुनः नियमित उडानको तयारी गरेको निगमले जनाएको छ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।