२०७९ असार १५ बुधबार

अफगानिस्तानमा रहेका नेपालीमध्ये स्वदेश फिर्तीका लागि ३०० जनाले भरे विवरण !

काठमाडौँ : अफगानिस्तानमा रहेका नेपालीमध्ये हालसम्म कूल ३०० जनाले आफूहरु स्वदेश फर्कन चाहेको भन्दै विवरण टिपाएका छन् ।

कन्सुलर सेवा विभागको वेब पोर्टलमा आज साँझसम्म उक्त सङ्ख्याका नेपालीले आफ्नो विवरण टिपाएका हुन् ।
यसैगरी परराष्ट्र मन्त्रालयको शि’ष्टाचार महाशाखाअन्तर्गत
नायब शि’ष्टाचार महापालको नेतृ’त्वमा रहेको ‘सिच्युसन रुम’

मा तोकिएका मोबाइल नम्बर तथा इमेल ठेगानामा आज साँझ ५ बजेसम्म ४२ जना नेपालीले आफ्नो विवरण दर्ता गराएका छन् । त्यसमा कतिपयको नाम र राहदानी नम्बर दोहोरिएको छ । भने कतिपयको एकै जनाको धेरै ठाउँबाट विवरण भरिएको छ ।

कतिपयको उ’द्धार भई सुरक्षित गन्तव्यमा पुगिसकेकाले रुजु गरी बाँकीको उ’द्धारका लागि काबुलबाट उ’द्धार उडान गरिरहेका मित्रराष्ट्रसँग सहकार्य र समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज जजिरा एयरको कुबेत काठमाडौँ उडानबाट थप आठ जनासमेत गरी २९६ जना नेपाली अफगानिस्तानबाट उद्धा’र भई काठमाडौँ आइपुगेका छन् ।

नेपाल आइपुगेका नागरिकको अध्यागमनलगायतका आवश्यक प्रक्रिया पूरा गरी सिसिएमसीको समन्वयमा उनीहरुलाई सामाखुसीस्थित सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा राखिएको छ । -रासस

२०७८ भाद्र ३, बिहीबार २२:१५ गते 1 Minute 601 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।