
काठमाडौँ : नेपाल आयाल निगमले इन्धनको मूल्य बढाएसंगै वायुसेवा संचालक संघले हवाई भाडा पनि बढाएको छ । शुक्रबार देखि लागुहुने गरी संघले हवाई भाडा बढाएको हो । यस अघि नेपाल आयाल निगमले इन्धनको मूल्य प्रतिलिटर पाँच रुपैयाँले इन्धनको मूल्य बढाएको थियो ।
नेपाल नागरिक उड्ययन प्राधिकरणले हवाई भाडा बढाउने निर्णयलाई स्वीकृत दिइसकेको संघले जनाएको छ । संघका अनुसार इन्धन मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाएपछि इन्धन शुल्क न्यूनतम २० रुपैयाँदेखि अधिकतम २२० रुपैयाँसम्म बढेको छ ।
संघको यो निर्णय संगै सबैभन्दा बढी काठमाडौं-धनगढी उडानको हवाई शूल्क २२० रुपैयाँ बढेको छ भने डोटी-साँफेबगरको हवाई इन्धन शुल्क २० रुपैयाँले बढेको छ । यसअघि फागुन ७ मा पनि वायुसेवा संघले हवाई भाडा बढाएको थियो ।-साजा सवाल
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।