
काठमाडौँ : चर्चित रियालिटी शो ‘नेपाल आइडल’को चौथो सिजनका लागि निर्णायकहरु हेरफेर भएका छन् । फ्रेन्चाइज गायन रियालिटी शोको नयाँ निर्णायकमा गायक तथा
संगीतकार शम्भुजित बासकोटा, गायक सुगम पोखरेल र गायिका सुवानी मोक्तान आएका हुन् । यसअघि ‘नेपाल आइडल’को शोमा संगीतकार न्ह्यू बज्राचार्य, गायिका इन्दिरा जोशी र गायक तथा संगीतकार कालीप्रसाद बासकोटाले
निर्णायकको भूमिका निभाउदै आएका थिए । ‘नेपाल आइडल’ को चौथो सिजनमा टिकटक स्टारका रुपमा परिचित मोडल रेश्मा घिमिरे होस्टका रुपमा जोडिने भएकी छन् ।
सीजन-३ सम्मका निर्णायक न्ह्यू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी अर्कै रियालिटी शोमा आवद्ध हुने भएको कारण व्यवस्थापन समितिले नेपाल आइडल सीजन-४ का लागि नयाँ निर्णायक टीम चयन गरेको जनाएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।