
काठमाडौँ : कुवेतले नेपाली नागरिकलाई आफ्नो देश प्रवेशमा लगाएको प्रवेश प्रतिबन्ध हटाएको छ। कुवेतले नेपालसहित ६ देशका व्यवसायिक उडानलाई पुनः अनुमति दिएको हो ।
बुधबार कुवेतको मन्त्रिपरिषद्ले नेपासहित भारत, इजिप्ट पाकिस्तान, बंगलादेश, र श्रीलंकासँगका व्यवसायिक उडान पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको हो। नेपाल र कुवेतबीच विगत लामो सममदेखि सिधा हवाई उडान रोकिएको थियो ।
कुवेतले नेपाललाई कोभिडको संक्रमणको ‘हाइ रिक्स’ मुलुकको सूचीमा समावेश गरेको थियो। कुवेतले गत १ अगष्टदेखि विमानस्थल सूचारु गर्दै व्यवसायिक उडानको लागि अनुमति दिएको थियो । त्यत्तिबेला नेपालसहित ५ देशहरुबाट हुने उडान भने १० अगष्टसम्म र’द्द गरिएको थियो।
१० अगष्टपछि प्रतिबन्ध फुकुवा हुने अपेक्षा थियो । तर, फेरि उसले निर्णय बदल्दै निश्चि’तकालको लागि प्रतिबन्ध लगाएको थियो। उडान प्रति’बन्धका कारण घरविदामा नेपाल आएका श्रमिक नेपालमै अड्किएका छन् ।
यसबाहेक कुवेतबाट स्वदेश फर्किने तयारीमा रहेका नेपाली पनि प्रभावित भएका छन् । नयाँ निर्णय अनुसार यी देशहरुसँगका उडानहरु कुवेतको मन्त्रीस्तरीय कोरो’ना भा’इरस आपत’कालीन समितिद्वारा निर्दिष्ट गरिएका मापदण्डको आधारमा सञ्चालन हुनेछन्।
नागरिक उड्डयन महानिर्देशनालयले कुवेत अन्त’र्राष्ट्रिय विमानस्थलको कोटाको आधारमा सञ्चालन हुने २९ वटा एयरलाइन्सको लागि कोटा निर्धारण गरेको छ ।
जसअनुसार, सञ्चालन क्षमता बढाएर प्रतिदिन ७ हजार ५ सय यात्रुसम्म पु¥र्याउने बताइएको छ। निर्देशनालयका अनुसार कुनै गन्तव्यका लागि कोटा बढाइएको छ भने बाँकी गन्तव्यको लागि कोटा यथावत् राखिएको छ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।