
काठमाडौं : दल सम्बन्धि अध्यादेश ल्याएको देउवा सरकारले एमाले बैधानिक रुपमै फुटेपछि मात्रै मन्त्रिपरिषद बिस्तार गर्ने र अझै कम्तीमा एक साता लाग्ने भएको छ।
राजनीतिक दल विभाजनसम्बन्धी कानुनलाई खुकुलो बनाउँदै सरकारले अध्यादेश ल्याएपछि एमाले र जनता समाजवादी पार्टी ९जसपा०बाट छुट्टिएका दुई समूहले निर्वाचन आयोगबाट
दलको मान्यता नपाएसम्म मन्त्रिपरिषद् विस्तार नहुने भएको हो।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राजनीतिक दलसम्बन्धी ९दोस्रो संशोधन० अध्यादेश जारी
गरेलगत्तै प्रतिनिधिसभाका दुई ठूला दल एमाले र जसपाका असन्तुष्ट पक्ष नयाँ दल दर्ताका लागि आयोग पुगेका थिए।
अध्यादेशअनुसार कानुनी व्यवस्था मिलाएर उनीहरूलाई
नयाँ दलको मान्यता दिन कम्तीमा एक साता लाग्नेछ। आयोगबाट नयाँ दलको मान्यता प्राप्त गरेपछि मात्र प्रधानमन्त्री देउवाले उनीहरूलाई समेत समेटेर मन्त्रिपरिषद् विस्तार गर्नेछन्।
-यो खबर अजको नागरिक दैनिकमा छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।