
काठमाडौं : नेकपा (एमाले) का नेता टोप बहादुर रायमाझीले आगामी निर्वाचनमा एमाले अहिलेको भन्दा पनि बलियो पहिलो पार्टी हुने दाबी गरेका छन् ।
एमालेको भातृ संगठन अनेरा’स्ववियूले शुक्रबार काठमाडौंमा आयोजना गरेको भण्डा’फोर सभालाई सम्बोधन गर्दै रायमाझीले दल बिभाजन सम्बन्धी अध्यादेश ल्याएर अन्य पार्टी टुक्रिने
अवस्था सिर्जना भएकाले एमाले अहिलेको भन्दा पनि बलियो पहिलो पार्टी हुने बताएका हुन् । उनले एमाले सबै प्रकारका षड’यन्त्रको वि’रुद्ध उत्रने उल्लेख गरे । उनले शेरबहादुर देउवा
नेतृत्वको सरकारले ल्याएको दल विभाजन अध्यादेशले राजनीतिक अस्थिरता उत्पन्न गरेको भन्दै प्रतिगामी कदम बिरुद्ध शसक्त भएर लाग्ने जिकिर गरे । अध्यादेशले राजनीतिक अस्थिरता उत्पन्न भएको भन्दै अनेरास्वविययू विरोधमा उत्रेको हो ।- दैनिक न्युज नेपाल
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।