
काठमाडौं : कोभि’ड–१९ सङ्क्र’मणबाट मलेसियामा एक युवकको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा तिलाठी कोइलाडी गाउँपालिका–८ तोपाका ४० वर्षीय शिव’चन्द्र खंग छन् ।
मलेसियाको साहआलम सहरमा सेक्युरिटी गार्डमा कार्यरत उनी दुई हप्ताअघि सङ्क्र’मति भएका बताइएको छ । उपचारका क्रममा खंगको आज मृ’त्यु भएको तिलाठी कोइलाडी –८ तोपाका कौशलकुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार खंग चारवर्ष अगाडि रोजगारीका लागि त्यहाँ पुगेका थिए ।
थप समाचार,
आदर्श पोखरेलले डिजाइन गरेको नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
काठमाडौं : नेपाल राष्ट्रिय पुरुष क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरिएको छ । सोमबार नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय टिमको जर्सीको मुख्य प्रायोजक माइसेकेन्ड टिचरले संयुक्त रुपमा जर्सी सार्वजनिक गरेको हो ।
नयाँ जर्सी सार्वजनिक गरिएको जर्सी आदर्श पोखरेलले डिजाइन गरेका हुन् । जर्सी डिजाइनमा ५०० जनाको आवेदन परेको थियो ।
जर्सी डिजाइन छनोटका लागि क्यानले ४ सदस्यीय समिति नै गठन गरेको थियो । समितिमा क्यानका केन्द्रीय सदस्य छुम्बी लामा, महाप्रवन्धक रौनक मल्ल, क्रिकेट म्यानेजर बिनोद
दास र माइसेकेन्ड टिचरबाट एक जनाको प्रतिनिधित्व रहेको थियो । क्यानका अनुसार जर्सी डिजाइनमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को नियम पालना गरिएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।