
क्वालालम्पुर : दिनेश खड्का खप्तडि, मलेसियामा को’रोना सक्र’मणवाट एक नेपालीको मृ’त्यु भएको छ । बझाङ जिल्लाको केदार स्युँगाउपालिका ५ का ३१ वर्षिय अमर
वहादुर गुर्धामीको मृ’त्यु भएको हो ।.यस अघि पनि गुधार्मि २०११ सालमा मलेसिया गएका थिए । मलेसियावाट फर्केर फेरी पनि उनी दोश्रो पटक मलेसिया आएका थिए ।
पछिल्लो पटक जोहारवारुको जलान ताम्पोईमा रहेको काईन सुन प्लाष्टिक एनडिएन विएचिडि मा उनी कार्यरत रहेका थिए ।
उनी सगै अरु दुईजना साथीहरुलाई पनि कोरोना स’क्रमण देखिपछि उनीहरु सवै होम क्वारेन्टाईनमा वस्दै आएका थिए ।
साउन २९ गते कम्पनीले स्थानिय मेडिकलमा लगेर उपचार गराएको उनले नेपालमा परिवारलाई टेलिफोनमा जानकारी गराएको आफना भतिज दिल वहादुर गुधार्मिले वताए ।
कोरोनाले च्याप्दै जादा उनको होस्टलमै मृ’त्यु भएको हो । श’वलाई पो’समा’र्टमको लागि स्थानिय अस्पतालमा लगिएको छ । गुधार्मि परिवारका एक्ला छोरा थिए । उनको परिवार वुवा आमा,श्रीमती एक छोरा र दुई छोरी रहेका छन । -राष्ट्र डेली बाट
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।