
काठमाडौं : गायिका विष्णु माझीका गीतहरु हरेक पटक चर्चामा आउँछन् । गएको साता सार्वजनिक उनको नयाँ गीतले त झन् रेकर्ड नै बनाएको छ ।
जेलैमा हो जेलैमा चरी जेलैमा, मै छोरी रुँदैरुँदै बेसी मेलैमा यो गीत सार्वजनिक भएको एक हप्तामा ४० लाख भ्युज पुगिसकेको छ। गीत सार्वजनिक भएको छैटौं दिन २४ घन्टा भित्रै गीतले १० लाख बढी भ्युज पाएको छ।
एकै दिनमा यतिधेरै भ्युज पाउन सफल यो गीत टि’कटकमा भाइरल भइरहेको छ । बिहे गरेर गएकी छोरीले माइती सम्झेर गाएको गीतमा महिलाको वेदना पोखिएको छ। गीत तीजको सन्दर्भमा निकालिएको हो । सामाजिक सञ्जालमा गीतले बहस पनि छेडेको छ।
सपना म्युजिक इन्ड्रस्ट्रिज’ नामक युट्युब च्यानलमार्फत् सार्वजनिक गीतको कोरसमा गायिका विष्णुलाई महिमा आचार्यले साथ दिएकी छन्। यस गीतमा विष्णुका श्रीमान सुन्दरमणि अधिकारीको शब्द-संगीत छ।
अधिकांश गीतहरुले तीजको मौलिकता गुमाएको गुनासो आईरहेको समयमा यस गीतलाई स्रोता एवं दर्शकले मौलिकता बोकेको गीत भनेका छन् ।
तीज संस्कृतिको अन्तर्यलाई झल्काउँदै विवाहित चेलिको वेदनालाई यस गीतमा प्रस्तुत गरिएको छ। माझीका यसअघि ‘रुमाल हल्लाई हल्लाइ’, ‘सालको पात टपरी’, ‘यो मन रुन्न होला र’, ‘लालु पाते नुघ्यो भुइँतिर’लगायत गीत लोकप्रिय छन्।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।