२०७८ माघ १४ शुक्रबार

दु:खद खबर ! जन नायक जेबी टुहुरेको नि’धन !

काठमाडौं : प्रख्यात प्रगतिशील गायक जेबी टुहुरेको बिहीबार दिउँसो नि’धन भएको छ। मंगलबार दिउँसो काठमाडौंको कलंकीस्थित निवासमा ल’डेपछि उनलाई उपचारका लागि

बल्खुस्थित बयोधा अस्पतालमा लगिएको थियो। उपचारमा संलग्न चिकित्सकहरुले उनलाई ‘स्ट्रो’क’ भएको बताएका थिए। ७६ वर्षीय टुहुरेलाई सीसीयु कक्षमा राखेर उपचारका

क्रममा नि’धन भएको पुष्टि माओवादी नेता सरल सहयात्रीले गरेका छन्। वि.सं. २०२४ सालदेखि सांगीतिक क्षेत्रमा लागेका टुहुरेले १ सय ५० भन्दा बढी गीत गाएका छन् । ‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैँ प्यासी बनेर’

बोलको चर्चित जनवादी गीत उनको सबैभन्दा प्रख्यात गीत हो। जुन गीत उनले वि.सं. २०३४ सालदेखि गाउँदै आएका थिए। टुहुरेले गाएको अर्को चर्चित गीत ‘बसाइँ हिँड्नेको ताँतीले

बस्नेको मन रुँदो छ, लाखौंको लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ’ पनि मानिसहरुको जिब्रोमा झु’ण्डिएको छ। टुहुरे सुनसरीको धरान निवासी हुन्। उनलाई घरमा जुठबहादुर खड्गीमा रुपमा बोलाइन्थ्यो ।

टुहुरेलाई एकीकृत माओवादीले दोस्रो संविधान सभामा समानुपातिक सभासद पनि बनाएको थियो। उनको पा’र्थिव शरीरलाई आजै दिउँसो साढे १ बजेदेखि साढे २ बजेसम्म पेरिसडाँडामा श्रद्धा’ञ्जलीका लागि राखिँदैछ। त्यसपछि दिउँसो ३ बजे पशुपति आर्यघाटमा अ’न्तिम सं’स्कार तयारी गरिएको छ।

२०७८ भाद्र १०, बिहीबार १७:२१ गते 0 Minutes 179 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार