
काठमाडौं : प्रदेश १ एमाले संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन्। बिहीबार विराटनगरमा बसेको एमाले संसदीय दलको बैठकले भीम आचार्यलाई सर्वसम्मतले संसदीय दलको नेतामा चयन गरेको हो।
बिहान ९ बजे नै संसदीय दलको बैठक बस्ने भनिए पनि शेरधन राई र भीम आचार्य काठमाडौंबाट आउन ढिलाई भएपछि विराटनगर विमानस्थल नजिकैको एसियाटिक होटलमा एमाले संसदीय दलको बैठक बसेको थियो।
वर्तमान मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा आचार्य दलको नेता चयन भएका हुन् । उनी आजै मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनलाई आजै प्रदेश प्रमुखले शपथ खुवाउने छन् । यस्तै मुख्य मन्त्रीबाट शेरधन राईले राजीनामा दिएका छन् ।
उनले प्रदेश प्रमुख लाई भेटेर आफ्नो राजीनामा बुझाएका हुन्। प्रदेश १ मा ९३ जना प्रदेशसभा सदस्य छन् । जसमध्ये अहिले ९२ जना सांसद छन् ।
प्रदेशसभामा एमालेका मात्र ५१ सदस्य छन् । जसमध्ये एक जना सभामुख छन् । २०७४ माघ २६ गते एमालेका ५१ सांसदमध्ये शेरधन आचार्यसँग २४ का विरुद्ध २६ मत ल्याएर संसदीय दलको नेता निर्वाचित भएका थिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।