
काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य शत्रुधन महतोले आफूहरुले कम्युनिष्ट आ’न्दोलनको रक्षाको लागि वि’द्रोह गरेको स्पष्ट पारेका छन् ।
उनले केपी शर्मा ओलीमा दम्भ, घमण्ड मात्रै रहेको टिप्पणी गरेका छन् । आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले केपी ओलीकै कारण नेकपा विभाजन भएको र आज आएर एमाले पनि विभाजन भएको टिप्पणी गरे । उनले एमाले विभाजन गर्नुपर्छ भनेर चार महिना अघि नै भीम रावलले नै विधान लेखेको पनि खु’लासा गरे ।
उनले भने,”भीम रावलले चार महिना अघि नै अहिले पार्टी फु’टाउनुपर्छ, भोलि फु’टाउनुपर्छ भनेको हो । उहाँले कविता सुनाउनुभएको होईन रु नेकपा (एकीकृत) कसले दर्ता गराएको हो रु खोज्नुहोस, म आग्रह गर्न चाहन्छु ।
अहिले नेताहरु युटर्न हुनुभयो, राम्रो होस, हाम्रो शुभकामना छ । हिजो तपाईले जसरी प्रतिगमन भन्नुभयो, भाषण गर्नुभयो । अहिले प्रतिगमन सच्चिएको हो र रु” -दैनिक न्युज नेपाल
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।