
काठमाडौ : छिल्लाे समय अर्काकाे नामबाट आईपीओ भर्ने गरेकाे गुनासाे बढ्न थालेपछि धितोपत्र बोर्डले अरूको नामबाट आईपीओ भर्ने कार्य बन्द गर्ने गरी काम अगाडि बढाएको छ ।
जसले गर्दा आइपिओ पर्ने सम्भावना बढ्नेछ । शेयर लगानीकर्ताहरूको सहजताका लागि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले अनलाइन माध्यमबाट केवाईसी अर्थात आफ्नो व्यक्तिगत विवरण दर्ता गराउने प्रणाली सुरु गर्ने भएको छ ।
शेयर लगानीकर्ताहरूले केवाईसी दर्ता गर्न विभिन्न बैंक तथा संस्थासम्म धाउनु नपर्ने गरी सीडीएससीले यस्तो सिस्टम विकास गर्न थालेको हो । त्यसो त नेपाल धि’तोपत्र बोर्डले गत मंसिरमा दिएको स्वीकृति पश्चात सीडीएससीले यसको तयारी थालेको थियो ।
सीडीएससीका प्रवक्ता सुरेश न्यौपाने सेन्ट्रलाइज्ड अथवा ई – केवाईसीको कार्यन्वयनले सेवाग्राहीलाई सहजता दिनुका साथै शेयर बजारमा गैरकानुनी रुपमा एक जनाले धेरैको नाममा साधारण शेयर ( आईपीओ ) को आवेदन दिने प्रवृत्तिमा रोक लगाउन सकिने बताए ।
यो प्रणाली कार्यान्वयनमा आएपश्चात लगानीकर्तालाई केवाईसी भर्न कै लागि बैंकहरूमा धाउनु पर्ने छैन ।साथै यसले लगानीकर्ताको विवरण केन्द्रीकरण गर्न पनि सहयोग गर्छ , ‘ उनले भने , लगानीकर्ताको विवरण सहजै संकलन गर्न हामीलई पनि सहज हुन्छ ।
उनका अनुसार केवाईसीबाट लगानीकर्ताको विवरण संकलन गर्दा शेयर कसले भरेको हो र कहाँबाट भरेको हो भन्ने जानकारी प्राप्त हुने भएकाले एकै जनाले धेरै जनाको नाममा आईपीओ भर्ने प्रवृत्ति निय’न्त्रण हुनेछ ।
त्यस्तै केवाईसीको आधारमा लगानीकर्ताको आम्दानीको स्रोत पनि पत्ता लाग्ने हुदाँ गैरकानूनी रुपमा कमाएको पैसा शेयर बजारमा लगानी हुनबाट पनि रोक लाग्ने सीडीएससीको विश्वास रहेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।