
काठमाडौ : मञ्जु विकको डेढ महिने छोरी’लाई अ’कस्मा’त श्वासप्रश्वा’समा समस्या देखियो। ठाटीकाँध गाउँपालिका–५ तोलीजैसीकी उनले मंगरबार बिहानै छोरीलाई प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा पु¥र्याइन्।
शिशुको उपचारमा स्वास्थ्यकर्मीले सक्दो प्रयास गरे। स्वास्थ्यमा सुधार नआएपछि दिउँसो २ बजेतिर प्रदेश अस्पताल सुर्खेत रिफर गरियो।स्वास्थ्य केन्द्रले सुर्खेत रिफर गरेपछि शिशुका आफन्तले एम्बुलेन्सका लागि गाउँपालिकालाई खबर गरे।
उनीहरूसँग तत्कालै एम्बुलेन्सको भाडा तिर्न पैसा थिएन। एम्बुलेन्सका लागि गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई आग्रह गर्दासमेत नगद भुक्तानीबिना एम्बुलेन्स पठाउन नसकिने जवाफ पाए।
तत्कालै सुर्खेत लैजान नसक्दा नि’मोनियाले थलिएकी नव’जात शिशुको ज्या’न ग’यो। गाउँपालिकाले उधारोमा एम्बुलेन्स दिन अस्वी’कार गर्दा शिशु रहिनन्। ठाटीकाँध गाउँपालिकादेखि सुर्खेतसम्मको ११३ किलोमिटर छ।
यसका लागि तोकिएको ९ हजार रुपैयाँ नतिरेसम्म गाउँपालिकाले एम्बुलेन्स पठाउन मानेन। शिशुलाई झनै गाह्रो भएपछि ठाटीकाँध प्रहरी चौकीको पहलमा मंगलबार राति १०:३० बजे उधारोमै एम्बुलेन्स पठाइयो। तर प्रदेश अस्पताल सुर्खेत नपुग्दै शिशुको मृ’त्यु भएको २० वर्षीया मञ्जुले दुखे’सो पो’खिन्।
गाउँपालिका अध्यक्षलाई आग्रह गर्दा पनि एम्बुलेन्स भाडा नगद भुक्तानी नदिएसम्म पठाउन नसकिने भन्दै ढिलाइ गरेकाले शिशुको मृ’त्यु भएको पी’डि’त परिवार’को गु’नासो छ।
स्वास्थ्य केन्द्र पु¥र्याइएको दुई घण्टा’मै रिफर गरेपछि गाउँमा ऋ’णसमेत नपाएको र अध्यक्ष शाहीको पनि सहयोग नपाएको पी’डित पक्ष’ले बताए। ‘गाउँपालिकासँग सहयोग मागेको ८ घण्टापछि प्रहरीको सहयोगमा उधारोमै पठाइएको एम्बुलेन्स प्रदेश अस्पताल पुग्न करिब आधा घण्टा मात्र बाँकी रहँदा सुर्खेतको बड्डीचौरमा
बुधबार बिहान साढे ४ बजे शिशु’को ज्या’न गयो। पी’डित’का आफन्त जी’वन विकले भने। गाउँपालिकाले मंगलबार दिउँसो समयमै एम्बुलेन्स पठाइदिएको भए शि’शुको ज्या’न जो’गिन्थ्यो। ठाटीकाँध गाउँपालिका–५ तोलीजैसीकी तीतु कामीले भनिन। परिवारको गरिबी र गाउँपालिकाको असहयोगी व्यवहारले शि’शुको मृ’त्यु भयो।
ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले ग’र्भव’ती र सु’त्केरीहरूको हकमा नि:शुल्क एम्बुलेन्स सेवा दिइएको तर अरू बि’रामीहरूको हक मा नि:शुल्क गर्न नसकिने भएका कारण एम्बुलेन्स पठाउन नसकेको बताए। पठाउन त उधार मै पठाइयो। समयमा पठाएको भए शिशुको ज्या’न जोगिन्थ्यो हो’ला। अहिले पछुतो लागेको छ अध्यक्ष शाही’ले भने।
१८ वर्षको उमेरमा गत दुई वर्षअघि मानबहादुर विकसँग मञ्जुको विवाह भएको थियो। उनले गत असार ३० गते जन्माएको छोरीको नामसमेत जुराउन पाइनन्। उनका श्रीमान् मानबहादुर मजदुरीका शिलशिलामा ६ महिनादेखि भारतको अल्मोडामा छन्। मानबहादुरले पहिलो सन्तान छोरीको मुखसमेत देख्न पाएनन्। -अन्नपूर्ण पोस्टबाट
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।