२०७९ असार १५ बुधबार

बामदेब गौतमलाई उपप्रधान सहित गृह-मन्त्रालय !

काठमाडौँ : सार्वजनिक रुपमै माधव नेपालको नेकपा एकीकृत समाजवादी पार्टीमा जाने बताएका बामदेब गौतमले औपचारिक रुपमा नेकपा एमाले पार्टी परित्याग गरेका छैनन् ।

त्यसको मतलब बामदेव गौतम अझै बार्गेनिङ गरिरहेका छन । एमाले अध्यक्ष केपी शर्मा ओली भन्दा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधब नेपालसंग । आज मात्र माधब नेपाल चौथो ठुलो संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार

नेपाल चयन भएका छन् । र मन्त्री छान्ने जिम्मा पनि माधब नेपाललाई नै दिइएको छ । नेकपा एमालेको उपाध्यक्षबाट राजिनामा दिन्छु माधब नेपाल नेतृत्व समाजवादी पार्टीमा लाग्छु भनेका बामदेव गौतम बिच बाटोमै छन । अब जता ठुलो लाभ मिल्छ उनी त्यत्तै लाग्ने मनस्थितिमा छन ।

बामदेव गौतमलाई आफ्नो पार्टीमा ल्याउन माधब नेपाललाई मन्त्रीमण्डल बिस्तार नै सबै भन्दा ठुलो र अन्तिम अवसर हुनेछ । त्यसैले माधब नेपालले बामदेव गौतमलाई उपप्रधानमन्त्री सहित गृहमन्त्री बनाउने तयारी थालेका छन ।

साथै रामकुमारी झाँक्री लगायतका माधव समुहका चर्चामा रहेका धेरै नेताहरु मन्त्री अवश्य बन्छन् । नेपाल समूह सरकारमा सहभागी भएमा शिक्षामन्त्री मन्त्री रामकुमारी झाँक्री नै हुने चर्चा पनि चलेको छ । यसअघि प्रधानमन्त्री देउवाले माओवादी केन्द्रलाई दुई मन्त्रालय दिइसकेका छन् ।

माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जामन्त्री भइसकेका छन् । यस्तै नेपाली कांग्रेसबाट बालकृष्ण खाँड गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की कानुन तथा न्याय मन्त्री बनिसकेका छन् । केहि दिनमा सबै मन्त्रालयको टुंगो लाग्ने गरि गठबन्धनले तयारी थालेको छ ।-दैनिक न्युज नेपाल

२०७८ भाद्र १४, सोमबार ०३:०५ गते 1 Minute 179 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।