२०७८ माघ १४ शुक्रबार

मेस्सीको पीएसजीमा डेब्यु, पीएसजीद्वारा लगातार चौथो जित ।

काठमाडौं : अर्जेन्टाइन स्टार लिओनल मेस्सीले पेरिस सेन्ट जर्मेन (पीएसजी) को लागि डेब्यु गरेका छन् । त्यसै खेलमा किलिएन एमबाप्पेले दुई गोल गर्दा पीएसजीले रेईम्सलाई

२-० ले पराजित गर्दै फ्रेन्च लिग वानमा लगातार चौथो जित हासिल गरेको छ । बार्सिलोनामा दुई दशक बिताएर फ्रि ट्रान्सफरमा पेरिस पुगेका मेस्सीले ३० नम्बरको जर्सी लगाएर पीएसजीका लागि डेब्यु गरेमा हुन् ।

पहिलो पटक स्पानिस क्लब बार्सिलोना बाहेम अर्को जर्सी लगएर खेलेका मेसीको सम्मानमा खेलमा उपस्थित सबै दर्शक उठेका थिए । बेन्चबाट खेलको सुरुवात गरेका मेस्सी ६६ औं मिनेटमा नेयमारको स्थानमा मैदान प्रवेश गरेका थिए ।

मेस्सीको डेब्यु खेलमा रियल मड्रिड जाने हल्ला चलिरहेमा एम्बाप्पेले दुई गोल गरेका थिए ।.खेलको १६औं मिनेटमा एन्जल डी मारियाको पासमा पहिलो गोल गरेका

एम्बाप्पेले मेस्सी मैदान प्रवेश गर्नुअघि ६३ औं मिनेटमा अच्राफ हाकिमीको पासमा एमबाप्पले दोस्रो गोल गरेका थिए ।
मेस्सीको आगमनपछि नेयमार र एमबाप्पेसँगै नयाँ ट्रिओ बनेको छ ।

तर उक्त खेलमा भने तीन जनाले सँगै खेल्ने अवसर पाएनन् ।
लगातार चोथो जितपछि पीएसजी ४ खेलबाट १२ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ । रेईम्सको तीन अंक मात्र छ । (फोटो : पीएसजी ट्वीटर)

२०७८ भाद्र १४, सोमबार १८:४४ गते 1 Minute 194 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार