
काठमाडौँ : प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न गन्तव्यमा हुने उडान सामान्य प्रभा’वित भएको छ ।
मौसम बदलीसँगै दिनभर निरन्तरको वर्षाले विशेषगरी पोखरा गन्तव्यको उडान बढी प्र’भावित भएको छ । यो गन्तव्यमा भिजिबिलिटीका कारण केही उडानहरू र’द्द गर्नु परेको एयरलाइन्सले जनाएका छन् ।
बुद्ध एयरको पोखरा गन्तव्यका कतिपय उडान र’द्द गरिएको छ । यस्तै विराटनगर र भरतपुर विमानस्थलमा पनि भिजिबिलिटीका कारण उडानहरू केही विलम्ब भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले जानकारी दिनुभयो ।
देशभर बदली र निरन्तर वर्षाले आन्तरिक उडान समान्य प्रभावित भएको होे । नेपालमा मनसुनी वायुको प्रभा’वले राजधानी काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भएको छ ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रहनाका साथै केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बुद्ध एयरको कार्गो विस्तार !
बुद्ध एयरले कार्गो सेवा विस्तार गरी सेवालाई स्तरीय बनाउने भएको छ । शुरुआतदेखि नै कार्गो सेवा प्रदान गरिरहेको कम्पनीले यसलाई थप विस्तारका लागि उपायडटकमसँग सम्झौता गरेको हो ।
जसअनुसार सुरुआतमा काठमाडौँ, भैरहवा, पोखरा सहरहरूमा घरबाटै कार्गो बुझिलिने र डेलिभरी सेवा दिनेछ । कार्गो सेवा सुरक्षितका साथै सङ्क्र’मणरहित हुने बुद्ध एयरले प्रेस विज्ञप्तिमा जनाएको छ ।
यो सेवा उपायडटकमको मोबाइल एपमा उपलब्ध छ । मोबाइल एपबाट सजिलै कार्गो सङ्क’लनका लागि बोलाउन सकिन्छ । यसमा के कति चार्ज लाग्ने हो अग्रिम नै जानकारी गराउनुपर्ने कम्पनीले जनाएको छ । -रासस
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।