
दुबई : संयुक्त अरब इमिरेट्सले सोमबारदेखि को’भिडवि’रुद्ध पूर्ण खोप लगाएका सबै पर्यटकका लागि भिसा जारी गर्ने घो’षणा गरेको छ ।
दुबईले ढिलो गरी सञ्चालन हुन लागेको व्यापार प्रदर्शनी २०२० आयोजना गर्नुभन्दा एक महिनाअघि विदेशी पर्यटकका लागि भिसा दिने घो’षणा गरेको हो ।
दुबईले गत वर्ष छ महिने ‘दुबई एक्स्पो २०२०’ मार्फत् लाखौं आगन्तुक’हरूलाई आकर्षित गर्ने र अर्थव्यवस्थालाई सुदृढ पार्ने योजना ल्याएकोमा स्वास्थ्य सं’कटले एक वर्ष ढिलो गरी अक्टोबरमा यसको आयोजना गर्न लागेको हो ।
गत हप्तान्तमा २४ घण्टाको अवधिमा को’भिड–१९ स’ङ्क्रमित दरमा महिना पछि एक हजारभन्दा कम सङ्क्र’मित भेटिएको र यो नियन्त्रणको दिशातिर गएको भन्दै यूएईले व्यापारिक
तथा पर्यटकीय गतिविधिमार्फत् महामारीका कारण थला परेको अर्थ’तन्त्रलाई उकास्न कोभिड–१९ नियन्त्रणका लागि लिइएका प्रति’बन्धात्मक उपायहरूलाई क्रमशः अन्त्य गर्दै जाने निश्कर्षमा पुगेको यहाँको समाचार संस्था वाम (डब्लुएएम)ले अधिकारीलाई उद्धृत गरी समाचार लेखेको छ ।
योग्य व्यक्तिहरूलाई विश्व स्वास्थ्य संगठनद्वारा अनुमोदित एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन, मोडेर्ना, फाइजर, सिनोफार्म र सिनोभ्याक नामक को’भिड–१९ वि’रूद्धका खो’पहरूमध्ये कुनै एक खोपको पूर्ण मात्रा लगाएको हुनुपर्नेछ ।
यो निर्णय पहिले प्रतिबन्धित देशहरूबाट आएकालगायत सबै देशका नागरिकहरूमा लागू हुने वामले जनाएको छ । यद्यपि पर्यटक भिसामा आउने यात्रुहरूले विमानस्थलमा अनिवार्य पीसीआर परीक्षण गर्नुपर्नेछ ।
को’भिड महामा’रीको बीचमा देशको जीवन धेरै हदसम्म सामान्य भएको भएपनि यसले मास्क लगाउने र सामाजिक भेलासम्बन्धी क’डा नियमहरू लागू गरिरहेको छ ।
युएईमा हालसम्म सात लाख १५ हजार व्यक्तिमा को’भिड–१९ सङ्क्र’मण पु’ष्टि भइसकेको छ भने दुई हजार ३६ सङ्क्र’मितको मृ’त्यु भएको सरकारी तथ्याङ्कमा जनाइएको छ । -रासस/एएफपी)
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।