२०७८ माघ ११ मंगलवार

देशभर वर्षा, मध्य क्षेत्र बढी प्रभा’वित, सर्तक रहन आग्रह ।

नारायण ढुङ्गाना : काठमाडौँ – विगतमा हिमाली र पहाडी क्षेत्रमा वर्षाले ठूलो क्षति गरायो । विभिन्न जिल्लमा पहिरो खसेर खोला र नदीसमेत थुनिँदा तल्लो तटीय क्षेत्रका बासिन्दाको उठिबास लाग्यो ।

कति मानिसको अकालमै ज्या’न गयो भने अझै धेरै हराइरहेका छन् । वर्षापछिको बा’ढी, पहि’राले सिन्धुपाल्चोक, मनाङलगायत दुई दर्जन बढी जिल्ला प्रभावित पार्यो । सिन्धुपाल्चोक जिल्ला पछिल्ला केही वर्षमा बढी प्रभा’वित हुनेमा पर्छ ।

त्यसबेला दुई पटक परेको भारी वर्षाले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा सताब्दीकै ठूलो क्ष’ति भएको भूगर्भवि’द्को दाबी छ । राष्ट्रिय वि’पद् जो’खिम न्यूनीक’रण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालका अनुसार नेपालमा मनसुन भित्रिएपछि आजसम्म बाढी प’हिराले ९४ जनाको मृ’त्यु भएको र ४४ जना बे’पत्ता भएका छन् ।

झण्डै छ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । २५ जलविद्युत् आयोजना, २९ वटा मोटरेवल र २९ वटा झोलङ्गे पुलमा क्षति भएको छ । झण्डै ८०० घर पूर्ण क्ष’ति भएको छ ।

नेपालमा जेठ २८ मा मनसुन भित्रिएको थियो भने जेठ ३० गते देशैभर फैलिएको थियो मनसुन असोजको मध्यबाट हट्ने छ । मौसम विज्ञान विभागले यो वर्ष औसतभन्दा बढी नै वर्षा हुने आँकलन गरेको थियो ।

विगतमा हिमाली र पहाडी क्षेत्रमा परेको भारी वर्षा यसपाली मध्य नेपालको तराई क्षेत्रमा देखियो । यद्यपि मुलुकभर नै भदौरे झरी जारी छ । त्यसकारण हजारौँ घर डुबानमा परेको छ । अहिलेसम्म चार हजार घर डुबानमा परेको प्रहरीको तथ्याङ्क छ ।

प्राप्त विवरणअनुसार विभिन्न जिल्लामा पछिल्लो तीन दिनदेखिको वर्षापछिको बाढी, पहि’रो र डुबानका कारण नौ जनाको मृत्यु भइसकेको छ । अन्य छ जना बे’पत्ता भएको राष्ट्रिय विपद् जो’खिम न्यूनी’करण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता आर्यालले जानकारी दिनुभयो ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज र सोमबार पनि वर्षा जारी रहने तर मङ्गलबारबाट भने विस्तारै खुल्दै जाने जानकारी दिएको छ । यद्यपि वर्षा केही घट्दो क्रममा नै रहेको मौसमविद्को भनाइ छ । मौस’मविद् समीर श्रेष्ठले आज पनि वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशमा वर्षा भइरहेको जानकारी दिनुभयो ।

उहाँले आज राति पनि नेपालको पश्चिम क्षेत्रमा भारी वर्षा हुने जानकारी दिनुभयो । गण्डकी लुम्बिनीसहित कर्णाली र सुदूरपश्चिममा समेत पानी पर्नेछ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी कपिलवस्तुमा १८२ मिलिमिटर पानी परेको छ ।

चितवनमा १२७, पाल्पामा १२४ र नवलपरासीमा ११५ मिलिमिटर पानी परेको छ । वर्षा जारी रहेकाले प्राधिकरणले क्ष’ति कसरी कम गर्न सकिन्छ र जो’खिमबाट मानिसलाई कसरी जोगाउन सकिन्छ भनेर आज दा’तृ निकायका प्रतिनिधिसहितको समन्वयात्मक बैठक आयोजना गरेको थियो ।

बैठकमा रुपन्देही र आसपास एक दिनमा ४५० मिलिमिटरसम्म पानी परेको जानकारी गराइएको थियो । अझै पनि गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही खोलामा बहाव बढ्ने देखिन्छ । गण्डकी नदी अहिलेकै अवस्थामा रहने देखिन्छ भने कोशीमा बहाव बढेको नभई थेग्य्रान बढेकाले नदीमाथि आएको हुँदा डुबान हुने सम्भावना कायमै छ ।

साना खोलामा भने बाढी बढ्नसक्ने र ठूला नदीमा घट्टो क्रममा रहेको जनाइएको छ । जमिन गलिसकेकाले थोरै पानी पर्दा पनि जो’खिम बढ्नसक्नेतर्फ सचेत हुन अनुरोध गरिएको छ । स्याटलाइट तस्बिरको विष्लेषण गरी पश्चिम क्षेत्रको बाढी अवस्था हेर्दा झण्डै ९५ हजार मानिस बाढीबाट प्रभावित हुने अनुमान गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले स्वास्थ्य संस्था क्षति भएको जानकारी प्राप्त नभएको र आवश्यक स्वास्थ्य सामग्री, जनशक्ति सबै तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो ।

नवलपरासी, रुपन्देही, कपिलवस्तुलगायत जिल्लामा चार हजार ५०० घर डुबानमा परेको जनाइएको छ । डुबेकामध्ये १० प्रतिशत पूर्ण क्ष’ति छ । एक हजार घरका मानिस अहिले विस्थापित भएको र कतिपय ठाउँमा रोगब्या’धि निम्तिन सक्नेतर्फ सचेत हुन भनिएको छ ।

मौसमविद् राजु प्रधानाङ्गले पानी पार्ने न्यूनचापीय रेखा तल झर्न थालिसकेको जानकारी दिनुभयो । मङ्गलबार भने पूर्वतर्फ प्र’भाव पार्ने उहाँले बताउनुभयो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले यस वर्ष मनसुनको आधा

समय पार गरेर आउँदा विगतमा शताब्दीभर नभोगेका घ’टना बेहोर्नुपरेको बताउनुभयो । उहाँले कसरी घटना कम गर्ने, उ’द्धार र राहतलाई कसरी प्रभाव’कारी बनाउने र हराइरहेकाको खोजी र थप क्षति हुन नदिन कसरी समन्वयमा काम गर्नेतर्फ ध्यान दिन अनुरोध गर्नभयो ।

२०७८ भाद्र १५, मंगलवार ०८:५३ गते 1 Minute 248 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार