२०७८ माघ १० सोमबार

एक हप्तामै एक करोड भन्दा बढिले हेरिएको बन्यो विष्णु माझीको ‘चरी जेलैमा’ !

काठमाडौं : विष्णु माझीको तीज गीत ‘चरी जेलैमा’ले नेपाली गीतसंगीत क्षेत्रमा नयाँ इतिहास बनाएको छ । यो गीतले नेपाली गीतमध्येमा सबैभन्दा छिटो युट्युबमा एक करोड भ्यु पार गरेको छ ।

अगष्ट १८ मा रिलिज भएको यो गीतले १३ दिनमा अगष्ट ३१ मा १ करोड अर्थात १० मिलियन भ्यु पार गरेको छ ।
यसअघि सबैभन्दा छोटो समय (१५ दिनमा) प्रकाश सपूतको ‘कुरा बुझ्न पर्च’ र अस्मिता अधिकारीको ‘टाढा भएपनि’ले एक करोड भ्यूज पाएको थियो ।

‘पुतलीको भट्टी’ भाग १७ का रुपमा सार्वजनिक ‘चरी जेलैमा’मा विष्णुकै श्रीमान् सुन्दरमणी अधिकारीको शब्द तथा संगीत छ । गीतमा विनोद बाजुरालीको एरेन्ज, महिमा आचार्यको कोरस गायन छ ।शिव बि.क.को कोरियोग्राफीमा सुन्दरमणीले नै निर्देशन गरेको भिडियोमा ललिता पौड्यालको अभिनय छ ।

सार्वजनिक भएको सुरुवाती दिनमा औसत चर्चामा रहेको यस गीतले सामाजिक सञ्जालमा चर्चा पाउँदै गएसँगै भ्यूजमा पनि नयाँ रेकर्ड राखेको थियो ।

यो गीतले २४ घन्टामा १० लाख बढी हेरिएको गीतको समेत रेकर्ड राखेको छ ।गीतका शब्दहरु सरल र मार्मिक छन् जसले स्रोताको मन जितेको छ । गीतले छोटो समयमा नै नयाँ रेकर्ड राखेपछि भिडियोका कोरियोग्राफर शिव बि.क.ले दर्शकलाई धन्यवाद दिदै खुशी साटेका छन् ।

शम्भु चालिसेको छायाँकन रहेको गीतको भिडियोमा सुजन शाहीको सम्पादन छ । यसअघि बिष्णु माझीका आधा दर्जन गीतहरु करोड क्लवमा प्रवेश गरेका छन् । ‘सालको पात टपरी’, ‘लालुमै’, ‘बोकेझार’, ‘छिप–छिपे पानीमा लेउ’, ‘पीँडाल’ विष्णुका यसअघि करोड बढी हेरिएका गीतहरु हुन् ।

२०७८ भाद्र १५, मंगलवार १९:१३ गते 0 Minutes 285 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार