२०७८ माघ ९ आईतवार

गैरकानुनी कामदारलाई मलेशियामा झनै गाह्रो, यसरी नेपाल फर्कनु होस् !

क्वालालम्पुर : मलेशिया सरकारले आफ्नो देशमा अवै’ध रुपमा बसिरहेका विदेशी नागरिकहरु माथि धरपकड गरिरहेको छ । पछिल्ला केहि दिनहरुमा मात्र ईन्डो’नेशियन, म्यानामा’री,

बंगाली नेपाली गरि सयौं ईलिग’ल कामदारहरु पक्रा’उ परेकाछन् । मलेसियाको कानून अनुसार विदेशी कामदारले भिसामा उल्लेख भएअनुसारकै रोजगारदाता कम्पनीमा काम गर्नुपर्दछ। तर विभिन्न कारणले कम्पनी छोडेर कामदारहरु ईलि’गल बन्दै आएका छन् ।

पछिल्लो समयमा मलेशियाँ प्रहरीले गैरकानुनी रुपामा मलेशियामा बसिरहेका आप्र’बासी कामदार पक्रने अभियान सुरु गरेपछि धेरै नेपाली नागरिकहरु पनि प’क्राउ परेका छन् । गत बुधबार मात्र मलेसियाको नेगेरी सेम्बि’लानमा रहेको केरा’मिक कम्पनीमा छापा मार्दा ५५ जना गैरकानुनी रुपमा बसेका बिदेशी कामदारलाई

पक्रा’उ गरिएको मलेसियाली अध्यागमन विभागले जनाएको छ । छापा मार्ने क्रममा कागजपत्र चेकजाँच गरेको तथा साथमा कुनै डकुमेन्ट नभएका ७ नेपाली, ४८ बङ्लादेशी र रोजगारदाता

कम्पनीका मालिकलाई मलेसिया प्रहरीले पक्राउ गरेको हो ।
मलेसियाले गैर’कानूनी काम’दारहरुलाई स्वदेश फिर्तीको लागि सञ्चालनमा रहेको रिक्यालिब्रेसन कार्यक्रमको समयअवधि बढाएर यस वर्षको अन्त्यसम्म पु¥र्याएको छ ।

गैरका’नुनी कामदारले नेपाल फर्कन के गर्ने?

पासपोर्ट साथमा भएका नेपाली नागरिकहरुले स्वदेश फर्कनको लागी राहदानी र हवाई टिकट लिएर शिधई विमानस्थल जानसक्ने मलेशियामा रहेको नेपाली दुताबासले जनाएको छ । त्यस्तै पासपोर्ट पनि नभएका ई’लिगलहरुले नेपाली दुताबासमा

पुगेर नागरिकताको प्रतिलिपि, पुरानो पासपोर्टको प्रतिलिपि, पासपोर्ट साइजको दुई प्रति रंगिन फोटो र १६० मलेसियन रिंगेट दस्तु’र तिरी ट्राभल डकुमेन्ट बनाएर पनि स्वदेश फर्किन सकिने दूतावासले जनाएको छ ।

पासपोर्ट वा ट्राभल डकुमेन्ट तयार भएपछी कोरोना रिपोर्ट नेगेटिभ भएको प्रमाणपत्र, कोरोना खोप नलगाएको भए नेपालमा होटल क्वारेनटाइन बुक गरेको पेपर र खोप लगाएको भए सोको प्रमाणपत्र बोकेर २४ घण्टा अघिनै विमानस्थल पुग्नु पर्नेछ ।

विमानस्थलको अध्यागमनमा पांच सय रिंगेट फाईन तिर्नुपर्ने हुन्छ । नगद कारोबार नहुने भएकोले अध्यागमनमा तिर्नुपर्ने फाईन क्रेडिट कार्ड, डेबिट कार्ड वा टच एन्ड गो कार्डबाट तिर्नु पर्नेछ । यि सबै प्रक्रिया पुरा गरेर नेपाल फर्कन सकिनेछ। -उज्यालो नेपाल बाट साभार

२०७८ भाद्र १६, बुधबार ११:१३ गते 1 Minute 280 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार